नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ ।

 आज कात्तिक ८ गते मंगलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिन्छ। नेपालमा सूर्यग्रहण साँझ ४ः५३ बाट मात्र देखिनेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने छ । नेपालबाट करीब ३३ मिनेटमात्र देखिन्छ । यो खण्डग्रास सूर्य ग्रहणको दृश्य यूरोप, मध्य एसिया, उत्तर अफ्रिका, भारत, मंगोलिया, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, सिरिया, काजकस्थान, नर्वे लगायत मुलुकहरुबाट पनि देख्न सकिन्छ । यसलाई नाङ्गो आँखाले हेर्न हुँदैन । पानीमा पनि हेर्नू हुंदैन। यो हेर्न विकिरण शोषण गर्ने विशेष प्रकारको चश्मा र टेलिस्कोपबाट हेर्न सकिन्छ। TV वा online को प्रत्यक्ष प्रसारणबाट हेर्नू उत्तम हुनेछ। ग्रहण नलागेको समयमा झैँ ग्रहण लागेको समयमा पनि बाहिर निस्कने, घुम्ने, खाने, पिउने वा अन्य कार्य गर्न सकिन्छ।


Post a Comment

Previous Post Next Post