🌹🌹🌹🌹🌹गजल🌹🌹🌹🌹🌹
ए हजुर! सपना देख्नलाई पनि त रात चाहिन्छ
फेरि ब्युँझिएर उठ्नलाई एउटा प्रभात चाहिन्छ
म त धर्तीको माटो भएँ ,तिमी आकाशको जून
भनिदेऊ तिमीलाई पाउन कति औकात चाहिन्छ
आफूसँग भएको सर्वस्व सुम्पिएँ मैले तिमीलाई
हे भगवान्! तिम्रो मन जित्न के सौगात चाहिन्छ
उम्रन्न बोट ,फुल्दैन फूल, अब छैन हरियाली पनि
मनको पीडा बगाउन आँखामा कति वर्षात् चाहिन्छ
Tags:
Article