हार्दिक श्रद्धान्जली!!
एड्सन आरान्तेस दो नासिमेन्तो(पोर्चुगिजमा Edison Arantes do Nascimento) ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा 'फुटबलको राजा' भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधि दिएको छ। उनी राष्ट्रिय सकर ख्याति-बैठक (Hall of Fame) का सदस्य हुन्।
पेले
Pelé 23092007.jpg
व्यक्तिगत विवरण
पुरा नाम
एड्सन आरान्तेस दो नासिमेन्तो
जन्म मिति
२१ or २३ अक्टोबर १९४० (उमेर ८२)
उचाई
१.७३ मी (५ फिट ८ इन्च)
खेल्ने स्थान
अग्रपंक्ति,[१][२]
युवा क्लब
१९५२–१९५६
बाउरू
वरिष्ठ क्लब*
बर्ष
क्लबहरू
खेल
(गोल)
१९५६–१९७४
सान्तोस
६०५
(७३०[३])
१९७५–१९७७
न्यू योर्क कस्मस
६४
(३७[४])
जम्मा
६६९
(७३७)
राष्ट्रिय टोली
१९५७–१९७१
ब्राजिल
९२
(७७)
बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .
आफ्नो देश ब्राजिलमा, खेलमा उनको उपलब्धि र योगदानका कारण, पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ। फिफाले आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदुत नियुक्त गरेको छ। उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ।
गरीबहरूको सामाजिक अवस्था सुधार्ने नीतिहरूप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य छन्। जब उनले एक हजारौँ गोल गरे, त्यसलाई उनले ब्राजिलका गरीब बालबालिकाका निम्ति समर्पित गरे।