हर्क दुलाल सरको अर्को एक रचना

 🌷🌷🌷 गजल 🌷🌷🌷🌾

हेर्नुहोस् ,कतिपय मान्छे कामचोर हुन्छन्

तिनै फेरि अरुका समस्यामा कठोर हुन्छन् 


आफ्ना नियमित कमजोरी पटक्कै नदेख्ने

नभएको गल्ती झिक्ने गोताखोर हुन्छन् 


विवश परिस्थिति नबुझ्ने हरिलन्ठुहरू

चाप्लुसी गर्ने त झन् हरामखोर हुन्छन् 


तिनलाई फूलको उपहार दिने मन छ

जो दिल र दिमागमा कमजोर हुन्छन्


Post a Comment

Previous Post Next Post