जलदेवी आधारभुत विद्यालय बराहक्षेत्र -२ प्रदेश सरकारद्वारा सम्मानित

 

बराहक्षेत्रको जलदेवि आधारभुत बिद्यालयको व्यवस्थापन सुनसरीकै उत्कृष्ट

वराहक्षेत्र – २ जब्दि स्थित जलदेबि आधार भुत बिद्यालयलाई प्रदेस नं १ सरकारले सुनसरीकै सामुदायिक बिद्यालय तर्फबाट उत्कृष्ट ब्यवस्थापन घोषित रहेको छ । प्रदेस नं १ सरकार अन्तर्गत सामाजिक बिकास मन्त्रालयले निर्धारण गरेको तिनै सुचकलाई आधार जलदेबिलाई उत्कृष्ट बिद्यालयको रुपमा दर्ज गरेको हो ।

बुधवार सामाजिक विकास मन्त्रालय प्रदेश नं १ ले आयोजना गरेको सम्मान कार्यक्रममा बिद्यालयलाई सम्मान पत्र सहित ट्रफी प्रदान गरेर उत्कृष्ट बिद्यालय घोषणा गरिएको थियो । मुख्य मन्त्री राजेन्द्र राई र सामाजिक विकास मन्त्री राजन राईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कार्की र प्रध्यानाध्यापक नरकुमार राईलाई सम्मान पत्र र ट्रफी हस्तान्तरण गरेका थिए ।

जिल्लाभरीकै आधारभूत बिद्यालयहरु मध्ये उत्कृष्ट ब्यवस्थापन भएको बिद्यालयको रूपमा छनौट हुन सफल जनदेबि भएको र अबको दिनमा थप चुनौती ,जिम्मेवारी थपिएको प्रध्यानाध्यापक राईले बताए ।

उत्कृष्ट हुनु सुनौलो अवसर भएको महसुस गरेको र बराहक्षेत्र नगरपालीका, शिक्षा बिकास साखा , शिक्षा विकास तथा समन्वय इकाई सुनसरीलाई प्रध्यानाध्यापक राईले धन्यवाद समेत प्रकट गरेका छन् ।

Post a Comment

Previous Post Next Post