श्री मनकामना रत्न अम्विका माध्यमिक विद्यालय , खाँदबारी -९,तुम्लिङटार प्रदेश सरकारद्वारा सम्मानित

 

श्री मनकामना रत्न अम्बिका माध्यमिक  बिद्यालय प्रदेश सरकारद्वारा सम्मानित

खाँदबारी न. पा.-९ तुम्लिङटार स्थित श्री मनकामना रत्न अम्विका माध्यमिक बिद्यालयलाई प्रदेस नं १ सरकारले सङ्खुवाकै सामुदायिक बिद्यालय तर्फबाट उत्कृष्ट ब्यवस्थापन भएको विद्यालय घोषित रहेको छ । प्रदेस नं १ सरकार अन्तर्गत सामाजिक बिकास मन्त्रालयले निर्धारण गरेको तिनै सुचकलाई आधार मनकामना रत्न अम्विका विद्यालयलाई उत्कृष्ट बिद्यालयको रुपमा दर्ज गरेको हो ।

बुधवार सामाजिक विकास मन्त्रालय प्रदेश नं १ ले आयोजना गरेको सम्मान कार्यक्रममा बिद्यालयलाई सम्मान पत्र सहित ट्रफी प्रदान गरेर उत्कृष्ट बिद्यालय घोषणा गरिएको थियो । मुख्य मन्त्री राजेन्द्र राई र सामाजिक विकास मन्त्री राजन राईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री देबेन्द्र घिमिरे  र प्रध्यानाध्यापक श्री कुबेरप्रसाद भेट्वाललाई नगद, सम्मान पत्र र ट्रफी हस्तान्तरण गरेका थिए ।

जिल्लाभरीकै सामुदायिक  बिद्यालयहरु मध्ये उत्कृष्ट ब्यवस्थापन भएको बिद्यालयको रूपमा छनौट हुन सफल  भएको र अबको दिनमा थप चुनौती ,जिम्मेवारी थपिएको प्रध्यानाध्यापक भेट्वालले बताए ।उत्कृष्ट हुनु सुनौलो अवसर भएको महसुस गरेको , शिक्षा बिकास शाखा खाँदबारी  , शिक्षा विकास तथा समन्वय इकाई सङ्खुवासभालाई प्रध्यानाध्यापक भेट्वालले धन्यवाद समेत प्रकट गरेका छन् ।                                                      मिति २०७९ पौष २० गते बुधबारका दिन सामाजिक विकास मन्त्रालय, प्रदेश नं १ बाट संखुवासभा जिल्लाको उत्कृष्ट ब्यबस्थापन भएको माध्यमिक विद्यालयका रुपमा नगद रु १४ लाख ५० हजार, ट्रफी र प्रमाणपत्र मुख्य मन्त्री मा. राजेन्द्र राई ज्यू तथा सामाजिक विकास मन्त्री मा. राजन राई ज्यूबाट ग्रहण गर्ने अवसर प्राप्त भएकोमा विद्यालयका प्रधानाध्यापक श्री कुबेरप्रसाद भेट्वालले विद्यालयलाई यस तह सम्म ल्याउन अमूल्य योगदान गर्नु हुने वि. व्य. स., अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थी वर्ग र सबै सबै प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुका साथै आगामी दिनमा अझ बढी उत्साह र जिम्मेवारीका साथ अगाडि बढ्न यस अवसरले प्रेरित गर्ने छ भन्ने विश्वास समेत ब्यक्त गरेका छन।

Post a Comment

Previous Post Next Post