महाशिवरात्रि

 महाशिवरात्रि 

         महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ। फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन्।



           यस पर्वका दिन उपवास गरी " ॐ नमः शिवाय" मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ। ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रि पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ। निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दूधको अभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्। शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ। शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ भने जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ। पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ। फाल्गुण कृष्ण चतुर्दशीमा शिवरात्रि पर्व मनाइन्छ। सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान् शङ्कर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने धार्मिक विश्वास रहेको छ। प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्।

इतिहास

      तीन सय वर्ष अघि माघ कृष्णपक्षको चतुर्दशीको मध्यरात महाशिवरात्रिको रूपमा मनाइएको बताइए पनि यकिनका साथ बताउन सकिन्न । 

विधान

            यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल-पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन् । शिव लिङ्गमा बेल-पत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ।
यस दिन शिवको विवाह भएको थियो त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ। वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो। यहाँ रात्रि शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ। परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ। ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री-पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सवेरै स्नानादिबाट शुध्द भएर उपवास गर्ने गरिन्छ।

विधि

           यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ। यदि नजीकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ।
राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ।
व्रतको भोलिपल्ट बिहान सवेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ।
महाशिवरात्रि भगवान शङ्करका निमित्त सबैभन्दा पवित्र दिन हो । यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो। यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ। हिंसक प्रवृत्तिमा परिवर्तन आउँछ। निरीह जीवहरू प्रति दयाभाव उब्जिन्छ। ईशान संहितामा यसको महत्ताको उल्लेख यसरी गरिएको छ-
॥शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम्। आचाण्डाल मनुष्याणां भुक्तिमुक्तिप्रदायकम्॥
विशेष
चतुर्दशी तिथिका स्वामी शिव हुन्। अत: ज्योतिषशास्त्रमा यस तिथिलाई परम शुभफलदायी तिथि भनिएको छ। त्यसो त शिवरात्रि प्रत्येक महीनाको चतुर्दशीका दिन पर्दछ। तर फाल्गुन कृष्ण चतुर्दशीलाई सबै शिवरात्रिमध्ये विशेष भएकाले महाशिवरात्रि भनिएको हो। ज्योतिषीय गणना अनुसार सूर्यदेव पनि यस समयसम्म उत्तरायणमा आइसकेका हुन्छन् तथा ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिन्छ। शिवको अर्थ हो कल्याण। शिव सबैको कल्याण गर्ने देवता हुन्। अत: महाशिवरात्रिमा सरल उपाय गर्दा मत्र पनि इच्छित सुखको प्राप्ति हुन्छ ।
ज्योतिषीय गणितको अनुसार चतुर्दशी तिथिमा चन्द्रमा अफ्नो क्षीणस्थ अवस्थामा पुग्दछ। त्यस कारण बलहीन चन्द्रमा सृष्टिलाई ऊर्जा प्रदान गर्न असमर्थ हुन्छन्। चन्द्रमाको सीधा सम्बन्ध मनसग हुन्छ। अब मन: कमजोर हुदा भौतिक सन्तापले प्राणीलाई घेर्दछ तथा विषादको स्थिति उत्पन्न हुदछ। जसबाट कष्टहरूको सामना गर्नु पर्दछ। चन्द्रमा शिवको मस्तकमा सुशोभित छन्। अत: चन्द्रदेवको कृपा प्राप्त गर्न भगवान शिवको आश्रय किने गरिन्छ। महाशिवरात्रि शिवको प्रिय तिथि हो। अत: प्राय: ज्योतिषीहरू शिवरात्रिका दिन शिवको आराधना गरेर कष्टहरूबाट मुक्ति पाउन सुझाव दिन्छन्। शिव आदि-अनादि हुन। सृष्टिको विनाश वा पुन:स्थापनको बीचको मुख्य कडी हो प्रलय अर्थात कष्ट, पुन:स्थापन अर्यात सुख। अत: ज्योतिषमा शिवलाई सुखको आधार मानेर महाशिवरात्रिमा अनेक किसिमका अनुष्ठान गर्ने महत्ता दर्शाइएको छ।

आयोजन अनुष्ठान मेला

        महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, झापाको अर्जुनधारा, सुनसरीको रामधुनी र पिण्डेश्वर, खोटङ्गको हलेसी, मोरङ्गको किरातेश्वर, गुल्मीको गलेश्वर आदि विविध शिवालयमा भक्तजनको भीड लाग्दछ। यस अवसरमा भारत लगायत विश्वको विभिन्न स्थानहरूबाट जोगी, योगी एवं भक्तजन पशुपति मन्दिरमा आउँछन् ।[३] ।
हिन्दु धर्ममा महाशिवरात्री पर्वको विशेष महत्व रहेको छ । यो वर्ष फागुन ९ अर्थात आज शुक्रबारका दिन महाविरात्री पर्व मनाइदैछ । यस पटक महाशिवरात्रिको दिन सर्वार्थ सिद्धि योग परेकाले यसको महत्व झन् धेरै बढेको छ । हिन्दु क्यालेन्डरमा १२ मासमा १२ शिवरात्री हुन्छन्, तर महाशिवरात्री र शिवरात्रीमा ठुलो अन्तर रहेको छ ।
सबैभन्दा ठुलो प्रश्न के हो भने महाशिवरात्री किन मनाइन्छ ? आज हामी महाशिवरात्री किन मनाइन्छ ?
पौराणिक र धार्मिक मान्यताहरुका अनुसार तीन कारणहरुले महाशिवरात्री  पर्व मनाइन्छ । जसमा शिव–पार्वतीको विवाह सबैभन्दा धेरै प्रचलित रहेको छ । जसका कारणले महाशिवरात्रिमा विभिन्न स्थानहरुमा रातीको समयमा शिवको जन्ति पनि निकाल्ने परम्परा रहेको छ । महाशिवरात्री यी तीन कारणहरुले मनाइन्छ ।

शिव–पार्वतीको विवाह

           माता पार्वती र भगवान शिवको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो । यो तिथिमा भगवान शिव र माता पार्वतीको महामिलनको रुपमा पनि मनाइन्छ । महाशिवरात्रीको दिन शिव–पार्वतीको विवाह हुनाले यसको महत्व धेरै रहेको छ । भनिन्छ, यो दिन भगवान शिवको पूजा आरधना गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुन्छन् । महाशिवरात्रीको ब्रत बस्नाले यदि कसैको विवाहमा बाधा–अड्चन आएको छ भने समस्त बाधा अड्चनहरु कम हुन्छ र छिट्टै विवाह हुन्छ भन्ने  एउटा मान्यता रहेको छ ।

महादेवको .शिवलिङ्ग स्वरुप

पौराणिक मान्यता अनुसार महाशिवरात्रीको दिन नै भगवान शिवले आफ्नो शिव लिङ्ग सवरुपमा प्रकट भएका थिए । त्यो समयमा सबैभन्दा पहिले उनको यो स्वरुपको विधिपूर्वक पूजा–अर्चना गर्ने बम्हा र विष्णु थिए । यही कारणले महाशिवरात्रीको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आरधना गर्ने विधान रहेको छ ।

विषपान गरेर संसारलाई संकटबाट बचाएको

     भनिन्छ, समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान शिवले यो सृष्टिलाई संकटबाट बचाएका थिए । यही कारणले नै महाशिवरात्री मनाइन्छ । सागर मंथनबाट निस्केको विषलाई पिएर भगवान शिवको गला निलो भएको थियो । जसका कारण भगवान शिवलाई निलकन्ठ पनि भनिन्छ ।

शिवरात्री र महाशिवरात्रीमा के अन्तर छ ?

हिन्दु क्यालेन्डरको प्रत्येक मासको कृष्ण पक्षको चतुर्दशी तिथिलाई शिवरात्रीको रुपमा लिइन्छ । यो मासिक शिवरात्रीको नामले पनि प्रचलित छ । फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवराीको नामले चिनिन्छ । पौराणिक मान्यताहरुका अनुसार यो दिन नै आधि रातमा भगवान शिव निराकार ब्रह्माबाट साकार स्वरुप अर्थात रुद्र रुपमा अवतरित भएका थिए । त्यसैले यो तिथिलाई महाशिवरात्री भनिन्छ । यो दिन विशेष रुपले भगवान शिवको पुजा–अर्चना गरिन्छ । 



 

Post a Comment

Previous Post Next Post