रवि पौडेललाई हार्दिक बधाइ!!

 रवि पौडेललाई हार्दिक बधाइ!!

 श्री जगन्नाथ  डेडराज जनता माध्यमिक विद्यालय , बराहक्षेत्र-५,कालाबन्जार (प्राविधिक धार)कृषि विज्ञानमा अध्ययनरत छात्र श्री रवि पौडेलले श्री जनता माध्यमिक विद्यालयद्वारा आयोजित प्रथम जनता ओलम्पिक्स-२०७९मा तृतीय स्थान हासिल गरि विद्यालय परिवारकै प्रतिष्ठा उच्च राख्न सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै निजको उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।


प्रथम जनता ओलम्पिक्स-२०७९

जिल्ला स्तरीय मा बि वक्तृत्वकला प्रतियोगिता

शिर्षक: सामुदायिक बिधालयको गुणस्तर अभिवृद्धिमा अभिभावकको भुमिका

प्रथम : तुलसा राई, शारादा मा बि धरान

दोस्रो : कन्चन खतिवडा,श्री पब्लिक हाइस्कुल धरान

तेस्रो : रबि पौडेल, श्री जगन्नाथ डेडराज जनता मा बि बराहक्षेत्र

तेस्रो : मुना निरौला,श्री पकली मा बि इटहरी

नोट तेस्रोमा बराबर दुबै प्रतियोगीको

पुरस्कार प्रथम,द्वितीय र तृतीय क्रमशः रु १००००, रु ७०००,   रु ५००० नगद, प्रमाणपत्र र मेडल।

               इटहरीको जनता माविमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रथम जनता ओलम्पिक अन्तरगत मावि स्तरीय 'सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा अभिभावकको भुमिका' शिर्षकमा प्रतियोगिता बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा शारदा मावी धरानकी तुलसा राई प्रथम भईन् भने पब्लिक हाईस्कुल धरानकी कञ्चन खतिवडा दोस्रो भएकी छिन् । यसैगरी जगन्नाथ डेडराज जनता  मा. वि. बराहक्षेत्र-५,कालाबन्जारका रबि निरौला तेस्रो भएका छन् भने पकली मावि इटहरीकी मुना निरौला तेस्रो भएकी छिन् ।


प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय क्रमशः रु १०००, रु ७०००, रु ५००० नगद, प्रमाणपत्र र मेडल प्रदान गरीने प्रथम जनता ओेलम्पिकका संयोजक शिवराज दाहालले बताए ।

उक्त कार्यक्रमको अध्यक्षता जनता मावी विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष काशीनाथ दंगालले गरेका थिए भने प्रमुख अतिथि इटहरी उप(महानगर वडान ९ का अध्यक्ष जितेन्द्र थापा रहेका थिए । यसका साथै

बिधालयका प्रधानध्यापक पशुपति सिग्देल , प्रथम जनता ओलम्पिक्स समितिका सदस्य बिमल नेपाल , बासुदेव साह, पुरषोतम खतिवडा लगायतको उपस्थिती रहेको थियो ।

सुनसरीकै उत्कृष्ट सामुदायीक विद्यालय अन्तरगत पर्ने इटहरीको जनता माविमा श्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथ प्रथम जनता ओलम्पिक सञ्चालन भईरहेको छ ।

उक्त ओलम्पिक्समा भर्खरै भलिबल खेल सम्पन्न भएको छ भने म्याराथुन, फुटबल,लोकनृत्य,लङ्ग जम्प, हाई जम्प , वक्तृत्वकला , चेस , एथ्लेटिक्स लगायतका खेलहरु हुनेछन् ।















##

 बिधालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल ज्युको अध्यक्षता तथा प्रमुख अतिथि इटहरी उप-महानगर वडान ९ का अध्यक्ष जितेन्द्र थापा ज्यु, बिधालयका प्र.अ.पशुपति सिग्देल ज्यु, प्रथम जनता ओलम्पिक्स समितिका सदस्य बिमल नेपाल ज्यु, बासुदेव साह ज्यु, पुरषोतम खतिवडा ज्यु,निर्णायक मण्डल मदनराज बराल ज्यु,पर्शुराम दाहाल ज्यु ,श्याम खनाल ज्यु ,बि.व्य.समितिका सदस्य संगीता कार्की ज्यु, कार्यक्रम संचालक निप्रअ खिलानाथ गौतम ज्यु, सप्रअ राजन ढकाल ज्यु,वक्तृत्वकला संयोजक रोसन तामाङ ज्यु,सूचना अधिकारी ज्योति कोइराला ज्यु,पत्रकार मित्रहरु, बिधालयका इन्चार्ज तथा सम्पुर्ण शिक्षक ज्युहरु, सुनसरी जिल्लाका विभिन्न सामुदायिक बिधालयका शिक्षक तथा प्रतियोगी बिद्यार्थीहरुमा कार्यक्रम भब्य र सब्य बनाउन सहयोग गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

🙏🙏

शिबराज दाहाल

संयोजक 

प्रथम जनता ओलम्पिक्स- २०७९

श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय ,बराहक्षेत्र-५

Post a Comment

Previous Post Next Post