प्राथमिक तहको अन्तर्वार्तामा सोधिन सक्ने नमूना प्रश्नहरु

 प्राथमिक तहको अन्तर्वार्तामा सोधिन सक्ने नमूना प्रश्नहरु तथा उत्तर:


• शिक्षण पेशा किन रोज्नु भयो?


> शिक्षण पेशा सबैभन्दा उत्तम पेशा हो । यसले मलाई आत्म सन्तुष्टि मिल्छ किनकि शिक्षक नै सबै जनशक्तिको उत्पादक हो। मेरो अध्ययनको विषय पनि यही र मेरो अभीष्ट पनि ।


॰विद्यार्थीहरु कार्य गृहकार्य नगरेमा तपाई के गर्नु हुन्छ ?


→ कक्षाकार्य गृहकार्य नगर्नुको कारण पत्ता लगाई मैत्रीपूर्ण व्यवहारद्वारा गृहकार्य गर्न प्रेरित गर्छु । आवश्यकता अनुसार मामला अध्ययन समेत गर्छु।



• तपाईले पढाउने विषयको पाठ्यपुस्तक उपलब्ध नभएको अवस्थामा तपाई कसरी शिक्षण गर्नुहुन्छ।


>पाठ्यक्रमको सहयोग लिई प्रशस्त सामाग्रीको प्रयोग गरी शिक्षण गर्छु । 


• तपाई सिफारिस भएर जाने विद्यालयको शैक्षिक अवस्था एकदम कमजोर छ, विद्यालय प्रशासन र विव्यस पनि निष्क्रिय छन, अन्य शिक्षकहरु पनि लापरबाही गर्छन, यस्तो अवस्थामा तपाई के गर्नुहुन्छ?


> प्रअसँग छलफल गरी यस्तो हुनुको कारण पहिल्याई सबै सरोकारवालासँग छलफल गर्ने वातावरण मिलाई सुधारको योजना बनाई काम गर्न प्रअलाई सुझाव र सहयोग गर्छु ।


• तपाईले पढाउँदै गर्दा विद्यार्थी निदायो भने तपाई के गर्नुहुन्छ ?


>निदाउनुको कारण खोजी रमाईला क्रियाकलापद्वारा कक्षालाई रुचिपूर्ण बनाउँछु।


• तपाईले पढाइरहेको विषयमा अभिभावकबाट गुनासो (complain) आयो भने तपाई के गर्नुहुन्छ? 

> सल्लाह लिएर आफ्नो कमजोरी भए सुधार्ने र उसले नबुझेर भए बुझाउने प्रयास गर्छु ।


• सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि नहुनुको कारण के होला? 

> फितलो शैक्षिक नीति, अभिभावकहरुको विद्यालयमा कम चासो, शिक्षाकहरु आफुले तालिममा सिकेका कुरा कक्षामा लागू नगर्नु, निजि विद्यालयहरुको प्रभाव र भ्रामक विज्ञापन आदि ।


• अहिले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ गर्ने लहर नै चलेको देखिन्छ यसलाई के भन्नुहुन्छ? के अंग्रेजी माध्यमले गुणस्तर सुधारमा सहयोग गर्छ त?


> भाषा शिक्षणको माध्यम मात्र हो, कुनैपनि विषय वस्तुको ज्ञान लिन दोस्रो तेस्रो भाषा भन्दा मातृभाषा नै बढी प्रभावकारी हुन्छ । सिकाइ माध्यमबाट नभई विषवस्तुबाट बढी उत्तम हुन्छ । 


• उदार कक्षोन्नति निरन्तर मूल्याङ्कन प्रणाली र अक्षरांकन पद्धति जस्ता मूल्याङ्कनका पद्धतिले पनि बिद्यार्थीले पढ्ने बानी बिगारेको भन्ने आवाज आउन थालेको सुनिन्छ, यसमा तपाईको विचार के छ ?


> यदाकदा यस्तो आवाज सुनिन्छ तर यो गलत बुझाइ हो । विद्यार्थीले सिकेका व्यवहारको मूल्याङ्कन दुई तीन घन्टाको परीक्षा र मापन अंकमा गर्नु उपयुक्त हुदैन । अहिलेका मूल्याङ्कन प्रणाली एकदम उचित छन् केही विद्यालयले र शिक्षकले गरेका गलत प्रयोगले नराम्रो नतिजा आएको हुनसक्छ ।


• अन्तिम नतिजामा तपाई सिफारिस नभए के गर्नु हुन्छ? 

> पुन अर्को पटक प्रयास गर्छु ।


• प्रावि तहमा सबभन्दा उपयुक्त शिक्षण विधि कुन हो?


> खेल विधि


• पाठयोजनाको मुख्य अंग के हो

> उद्देश्य


• शैक्षिक सामाग्री छनौटको मुख्य आधार के हो?


>शैक्षणिक उद्देश्य


शिक्षण विधि छनोटका आधारहरु केके हुन?


→ विषयको प्रकृति, पाठको उद्देश्य विद्यार्थी संख्या, सामाग्रीको उपलब्धता


• कुन संख्यालाई सत प्रतिशत वृद्धि गरी पचास प्रतिशत घटाउदा पहिलाको संख्यामा कतिले फरक पर्छ? 

> फरक पर्दैन बराबर हुन्छ ।


॰सूर्य ग्रहण किन औँसीको दिनमा मात्र लाग्छ ?


> आँसीको दिनमा मात्र सूर्य र पृथ्वीको विचमा चन्द्रमा पर्ने भएकाले

#साभार

Post a Comment

Previous Post Next Post