छनौट हुनुहुने स्रष्ठाहरुमा हार्दिक आभार

 समाचार 

"स्कुलमा कविता २०७९" कार्यक्रम प्रारम्भ

   स्वर्णिम साहित्य समाज बराहक्षेत्र,सुनसरीद्धारा आयोजित नयाँ सिर्जनाको खोजी कार्यक्रम "स्कुलमा कविता २०७९" को पहिलो अडिसनमा सहभागी भइ प्रथम हुने  स्काइ इङ्लिस स्कुलकी पुष्पा घिमिरे ,द्धितीय हुने मुन बिम एकेडेमीकी इषा सुवेदी र तृतीय हुने जनता मा विकी ओति केदेम लिम्वूलाई हार्दिक बधाई साथै यस कार्यक्रममा सहभागी हुने राजनीतिकर्मी,साहित्य अनुरागी,शिक्षक,शिक्षिका,जनप्रतिनिधि लगायत उपस्थित सम्पूर्ण मानुभावप्रति स्वर्णिम साहित्य समाज ,बराहक्षेत्रका सचिव  लक्ष्मण कटुवालले हार्दिक आभार व्यक्त गर्नुभयो ।


         स्वर्णिम साहित्य समाज बराहक्षेत्र , सुनसरीद्धारा आयोजित “स्कुलमा कविता २०७९ कार्यक्रमको सुभारम्भ भएको छ।बराहक्षेत्र नगरभरि रहेका साविक भरौल,बराहक्षेत्र,महेन्द्रनगर,प्रकाशपुर र मधुवन गाविसमा गरि चार एपिसोडमा अडिसन गर्ने भएको छ।
संस्थाका अध्यक्ष प्रकाश दिपस्साली राईको सभापतित्व रबराहक्षेत्र नगरपालिका वडा नं ५ का वडाध्यक्ष रोहित काफ्लेको प्रमुख आतिथ्यमा आज पहिलो चरणको साविक भरौल भरिका विद्यालयबिच प्रतिस्पर्धा गराइएको छ। अडिसन भरिकालागि बराहक्षेत्रका कवि प्रह्लाद पहरेदार,राजन इसारा राई र सविता फागो लिम्वूलाई निर्णायक राखी आजदेखि कार्यक्रमको आरम्भ गरेको छ।
पाँच विद्यालय सहभागी मध्ये स्काइ इङ्लिस स्कुलकी पुष्पा घिमिरे प्रथम बनिन् उनले ‘ मेरो देश’ शीर्षकको कविता वाचन गरेकी थिइन्।     



त्यसैगरी मुन बिम एकेडेमीबाट इषा सुवेदी ‘पन्चर भएका मनहरु’ कविताबाट द्धितीय र श्री जनता मा विकी ओति केदेम लिम्वूतृतीय बनेकी थिइन्।उनले  आमा  शीर्षकको कविता वाचन गरेकी थिइन्।
तृतीय हुनेलाई सोही कार्यक्रममा सम्मान गरेको थियो भने प्रथम र द्धितीय दुई कविलाई फाइनल चरणकालागि प्रवेश कार्ड प्रदान गरिएको छ। पहिलो चरणको कार्यक्रममा साविक भरौलका विद्यालयबिच प्रतिस्पर्धा गराइएको थियो।  जडेज मावि,जनता मावि,मुन विम एकेडेमी,सिद्धार्थ मेमोरियल स्कुल,स्काइ इङ्लिस स्कुल गरि पाँच विद्यालय सहभागिता रहेको संस्थाका अध्यक्ष प्रकाश दिप्साली राईले बताउनु भयो।







        पोइट आइडलमा टप १२ मा पुग्न सफल छविना लुङ्गेली मगर र अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह भारतका उपाध्यक्ष ,कवि भिम विरही राईले भावसक बनाउने गरि कविता वाचन गर्नुभएको थियो।
सोही कार्यक्रममा स्वर्णिम साहित्य पुरस्कार तथा सम्मान अक्षय कोषका निम्ति ” लकडाउनमा सर्जक र सिर्जना पुस्तक”का प्रकाश भिम विरही राईद्धारा रु ५०००० अक्षेरुपी पचास हजार , लक्ष्मी कंक्रिट उद्योगका व्यवस्थापक प्रदिप चोधरीबाट रु ११,१११ (अक्षेरुपी एघार हजार एक सय एघार) र साँगुरीगढी ९ धनकुटाका वडाध्यक्ष जेवि प्रदेशी रु ५००० (अक्षेरुपी पाँच हजार) हस्तान्तरण गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बराहक्षेत्र नगरपालिका वडा नं ५ का वडाध्यक्ष रोहित काफ्लेले साहित्यले समाज राष्ट्रलाई सुधार र परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने  गर्दछ।अहिलेसम्म हेर्ने हो भने समाजलाई मूर्त रुप दिन साहित्यकारहरुले मेहेनत गरि कलम चलाउनु भएको छ ।उहाँले स्वर्णिम साहित्य समाज पनि समाज परिवर्तनमा सबैसित हातेमालो गरि अघि बढिरहेको देखिन्छ यस्ता  सिर्जनामुखी कार्यक्रम यस संस्थाले गर्दै आइरहेको हुँदा सदासर्वदा साथ सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो।


राजनीतिकर्मी योग्यराज खड्का,अमित गौतम,रुद्र दाहाल,पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई,जेसीज चक्रघट्टीका अध्यक्ष सन्तोष पुरी,कवि राज माङ्लाक,चन्देर गुरुङ,सुदिप पाख्रिन,करुणा राई,नगेन्द्र चौलागाई,गजलकार रोमु अधिकारी,सुरेन्द्र पराजुली लगाय थुप्रै व्यक्तिहरुको उपस्थिति रहेको थियो।
प्रथम हुने नगद १० हजारसहित ट्रफि,मेडल प्राप्त गर्ने छन् भने द्धितीय हुनेले नगद ५ हजारसहित प्रमाण पत्र,तृतीय हुनेले नगद ३ हजारसहित प्रमाण पत्र पाउने छन्।

बराहक्षेत्र ५ कालाबन्जरमा रहेको जडेज मा विको सभाहलमा राखिएको कार्यक्रम संस्थाका सचिव लक्ष्मण कटुवालले सञ्चालन गरेका थिए। माघ २८ गते साविक बराहक्षेत्रमा रहेका विद्यालयबाट छनोट कविहरुबिच बराह राइजिङ स्कुलमा हुने छ भने वैशाख २ गते  हुने फाइनलमा छनोट भएका १० कविबिच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।


Post a Comment

Previous Post Next Post