शिक्षाको उज्यालो घामबाट देशका भविष्यका कर्णधार वालवालिकाहरु वंचित हुुनुु नपरोस भन्ने उद्देश्यका साथ राष्ट्रको समुुन्नत विकासका लागि शिक्षाको आवस्यकता पर्दछ । शिक्षा नै विकासको पूूर्वाधार हो । जनतालाई उचित शिक्षा दिक्षाको व्यवस्थाका लागि शैक्षिक प्रबुुद्घ एवम् विशेषज्ञले लागि पर्नुुपर्दछ । जनतालाई सवल र सक्षम वनाई देशको सर्वाङीण विकासमा सहभागी गराउन उनीहरुलाई शिक्षित वनाउनुु पर्छ । यिनै
कुुराहरुलाई मध्यनजर राखी देशका विभिन्न क्षेत्रहरुमा विद्यालयहरु सञ्चालित छन् तापनि राष्ट्रले चाहेको प्रतिफल प्राप्त भएको छैन । यसलाई सवै जिम्मेवार पक्षहरुले आत्मसात गरेका छन् । यसो हुुनुुमा आर्थिक स्रोतको कमी, अपर्याप्त भौतिक सुुविधा, शिक्षक दरवन्दीको कमी, तालिम प्राप्त शिक्षक भए पनि तालिममा सिकेका कुुराहरुको कक्षा कोठामा प्रयोग कम भइरहेको अवस्था र समय समयमा राजनीतिक सगै सरकार परिवर्तन आदि हुुनुु हो । तसर्थ मुुलुुकको सर्वाáीण विकासका लागि अपरिहार्य रहेको राष्ट्रिय शिक्षा पद्घति र यसमा लागुु हुुने नीति राजनैतिक प्रभाव संगै सरकार परिवर्तन हुुदा नवदलिने खालको हुुनुु पर्दछ । समय समयमा विद्यालयको सुुपरीवेक्षण गरी व्यवस्थापन समितिलाई विद्यालय व्यवस्थापन, सञ्चालन र जिम्मेबारी सम्वन्धी तालिम, गोष्ठी, आदिद्वारा जानकारी दिई सक्षम वनाउन सकिन्छ ।कुुनै पनि संघ संस्था सञ्चालनका लागि पूूर्व योजना हुुनुु अति आवस्यक पर्दछ । यसैले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक विकास र प्रभावकारी शिक्षण सिकाइका लागि आवस्यक पर्ने योजना समयमा नै निर्माण गरी सञ्चालन गर्न सके लक्ष्य प्राप्त गर्न सकिन्छ ।
यसै विषयलाई मध्य नजरगरी आगामी पाँच वर्षका लागि विद्यालयमा आवस्यक पर्ने विद्यालय सुुधार गुरुयोजना तयार पारिएको छ । यो निर्माण तथा अध्यावधिक प्रक्रिया बर्षेनी चलिरहन्छ । जुुन योजना अनुुसार विद्यालयको व्यवस्थापन पक्ष सुुदृढ गरी प्राप्त न्यूूनतम साधन र स्रोतको परिचालन गर्दै अधिकतम उपलब्धी प्राप्त गर्न सकिन्छ । यस्तो योजना तयार पार्दा यथार्थ तथ्याङ्क संकलन गरी विश्लेषण गर्दै वस्तुुनिष्ठता अपनाउनुु पर्दछ । यस्तो योजनाले विद्यालयको खस्कदो शैक्षिक, भौतिक, आर्थिक र मानवीय पक्षलाई सवल वनाउन सहयोग पुु¥याउछ ।
Tags:
Article