थोमस एल्बा एडिसन

 चित्त बुझ्यो ।





(२ मिनेट लाग्छ सबैले पढ्नु होला । )...

....

एक दिन थोमस एल्बा एडिसन आफ्नो प्राइमरी स्कुलबाट घर आउछन र आफ्नी आमालाई एउटा चिट्ठी दिदै भन्छन । "आमा.. आमा, यो चिट्ठी मेरो मास्टरले तपाईंलाई दिन भन्नु भएको छ, ल लिनुस् ।" जब एडिसनकी आमाले उक्त पत्र खोलिन तब अनायासै उनका आँखाहरू रसाउन थाले । आफ्नी रोइरहेकी आमालाई देखेर एडिसनले सोधे- "आमा किन रुनु भएको तपाईं ? चिट्ठीमा के लेखेको छ र ?" उनले झट्पट आफ्ना आँखाका डिल पुछिन र भनिन-" केही होइन छोरा, केही होइन.. चिट्ठीमा लेखिएको छ कि तपाईंको छोरा धेरै प्रतिभाशाली छ । हाम्रो स्कुल निम्न स्तरको भएकोले उसलाई हामीले पढाउन सक्दैनौ कृपया तपाईंको छोरोलाई घरमा नै शिक्षा दिनुहोला ।"

यो घटना पछी उनले आफ्नो छोरालाई आँफैले घरमा पढाउन थालिन । केही बर्ष पछी अचानक एक दिन एडिसनकी आमाको निधन हुन्छ । यसरी आमाको मृत्यु भएको पनि धेरै बर्ष भएका थिए,आफ्ना महानतम आबिस्कारहरुले एडिसन विश्वको प्रख्यात बैज्ञानिक भैसकेका थिए ।यसै बीचमा एक दिन जब उनले एउटा पुरानो बाकस भेटे । कौतुहलताबश उनले बाकसभित्रका सामान नियाल्दै गर्दा एउटा त्यही पुरानो चिट्ठी भेट्टाउछन जसमा लेखिएको थियो " तपाइको छोरा बौद्धिक स्तरमा निकै कमजोर छ , यसले गरीखान सक्दैन , यसलाई स्कुलमा पढाउनु नपढाउनु कुनै अर्थ नभएकोले आजैका मितिदेखी यो स्कुलबाट निकालिएको छ र फेरि फेरि उसलाई स्कुल नपठाउनुहोला , "

एडीसन त हेरेको हेरै भए र निकै बेर रोए पनि ।

फेरि आफ्नो डायरी मा लेखे ,

" एउटी महान आमाले बौद्धिक स्तरमा आफ्नो बच्चालाई युगौयुगसम्म विश्वकै महान वैज्ञानिक बन्ने हौसला दिइन । "

Moral: बाबा आमाको हौसला र असल संस्कार नै सन्तानको सफलताको आधार हो । खेलौना दिनु भएन भने तपाईंको बच्चा एक छिन् मात्र रुनेछ,असल संस्कार नपाएको बच्चालाई जीन्दगीभरि रुनु पर्नेछ ।

Post a Comment

Previous Post Next Post