प्रतिबद्धता पत्र(कार्यविधि) २०८०







 प्रतिबद्धता पत्र(कार्यविधि) २०८०

                                               

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रस्तुतकर्ता

नाम: लालु चौधरी

पद:  मा . शि ( तृतीय )

विषयगणित

 

 

 

 

 

 

 

 

 श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय

बराहक्षेत्रकालाबञ्जार,सुनसरी

 

 

 

 

प्रतिबद्धता पत्र(कार्यविधि)

शिक्षकको हैसियतले

·         विद्यालय निर्धारित पोशाकमा सधै समयमै विद्यालयमा उपस्थित हुनेछु।

·         विद्यालय खुलेको दिन निर्धारित समयमा उपस्थित निर्धारित समयमा सम्म विद्यालयमा रहने छु।

·         निर्धारित समयमा नै कक्षाकोठामा अपस्थित भई अध्यापन गर्नेछु।

·         दैनिक रुपमा संचालन हुने प्रार्थनामा सहभागि विद्यार्थीहरुलाई आवश्यक निर्देशन र नियन्त्रण गर्नेछु।

·         अघिल्लो दिन नै निवेदन वा द्रुत माध्यमबाट विद्यालय प्रशासनलाई जानकारी गराएर मात्र बिदामा बस्नेछु।

·         कक्षाकोठामा विद्यार्थीहरुलाई सिकाइ सहजीकरणमा उत्प्रेरणा जगाउन विभिन्न विधि र प्रविधि अपनाउने छु।

·         कक्षाकोठा शान्त, सफा, स्वच्छ तथा अनुशासित बनाउने प्रयास गर्नेछु।

·         विद्यार्थीको चौतर्फि विकास गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु।

·         विद्यालय प्रशासन तथा सम्पूर्ण स्टाफहरुमा असल शैक्षिक सम्बन्ध कायम गरि काम गर्नेछु।

·         विद्यालय प्रशासनले विश्वास गरि दिएको विद्यालयको श्रीवृदधि हुने सबै प्रकारको जिम्मेवारी शारिरीक , मानसिक र काबु बाहिरको परिस्थितिमा बाहेक इमान्दारीपूर्वक बहन गरि पुरा गर्ने प्रयास गर्नेछु।

 

वर्ग शिक्षकको हैसियतले

·         निश्चित समयमा कक्षा कोठा प्रवेश गर्नेछु।

·         कक्षाकोठाको सरसफाई, अनुशासन र व्यवस्थापनमा सधै सक्रिय रहने छु।

·         विद्यार्थीको नाम र हाजिरी अद्यावधिक राख्ने छु।

·         विद्यार्थीहरुको गृहकार्य नियामित रुपमा चेकजाच गर्नुका साथै बढि विद्यार्थी भएका कक्षा कोठामा दिनको १० जनाको दरले एक हप्तामा सबैको गृहकार्य गर्नेछु।

·         अनुपस्थित रहेका विद्यार्थीहरुको बारेमा जानकारी लिई विद्यालय प्रशासनलाई जानकारी गराउने छु।

·         समयलाई ध्यान दिई उपयुक्त शिक्षण सिकाई क्रियाकलाप संचालन गर्नेछु साथै विद्यार्थी मूल्याङकन गरि अभिलेख राख्ने छु।

·         विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलायको लागि अभिप्रेरित गर्ने साथै अन्तर्निहित प्रतिभाको बिकास गराउन बेला बेलामा उनीहरुको रुचि क्षमता अनुसारका प्रतिभा प्रस्तुत गर्न लगाउनेछु।

·         सकभर विद्यार्थीहरुलाई दण्डरहित वातावरणमा पठन पाठन गर्नुका साथै व्यवहार परिवर्तनका लागि रुब्रिक्सको प्रयोग गर्नेछु।

·         विद्यार्थीहरुलाई पाठ्यक्रम बमोजिम परियोजना कार्य दिई बेला बेलामा मूल्याङकन गरि अभिलेख राख्नेछु।

 

 

गणित शिक्षकका हैशियतले

 

१)      शारीरिक अवस्थाः

विद्यार्थीमा देख्ने, सुन्ने, टाउको, पेट दुख्ने आदि समस्या छन् भने उचित परामर्श दिनेछु । गणित विषय अध्ययन गर्न विद्यार्थीले विशेष ध्यान दिनु पर्छ । यी समस्याहरुबाट मुक्त भएमा मात्र विद्यार्थीले सहजै अध्ययन गर्न सक्छ भन्ने कुरालाई मनन गर्नेछु।

२)       मानसिक अवस्थाः

विद्यार्थीमा मानसिक रोग जन्मजात वा वातावरणले हुन सक्छ । मानसिक रोग, मानसिक असन्तुष्टि, घरायसी समस्या, तनाब, असुरक्षाको भावना, हिनताको भावना आदि भएमा गणित विषयमा विद्यार्थीले कम रुचि दिन्छ । यस्तो अवस्थामा विद्यार्थीलाई उपचार गर्ने वातावरण मिलाउनु पर्छ भनि  अभिभावकलाई उचित सल्लाह दिने प्रयास गर्नेछु ।

३)      विषयप्रति अरुचिः

 गणित विषयमा विद्यार्थीको रुचि प्राकृतिक वा वातावरणले पनि नभएको हुन सक्छ । यस्तो अवस्थामा अरु विषय पढ्न गणित सहयोगी हुने, यो बुझ्नलाई कठिन विषय होइन भन्ने उदाहरण दिने, गणितका सजिला पाठहरुलाई व्यवहारिक बनाएर अध्ययन गराई विद्यार्थीको रुचि जागृत गराउनेछु । पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका जटिल समस्या मात्र होइन, अन्य सजिला र व्यवहारिक समस्या पनि छन्–तिनीहरु सहजै समाधान गर्न सकिन्छ भनी विश्वास दिलाई विद्यार्थीमा गणितप्रति रुचि जगाउने प्रयास गर्नेछु।

४)      आधारभूत ज्ञानको कमीः

विद्यार्थीले पहिले अध्ययन गरेको कुरा समयमा प्रयोग गर्न नसक्ने हुन सक्छ । शिक्षकले पढाउँदा आवश्यक पर्ने सबै आधारभूत कुराहरु भनिदिनेछु । यो पहिलेको कक्षामा पढेको, पहिलेका पिरियडमा पढेकाछौ भनेर छोड्ने छैन । सबै भनिदिनछु । यस्तो तरिकाले विद्यार्थीको आत्मबल बढ्नेछ भन्ने मेरो बुझाइ हो । विद्यार्थीले नबुझेको कुरा पटक–पटक भन्नेछु। यो तरिकाले पढाउँदा विद्यार्थीले आफू कमजोर भएको महसुस गर्दैन भन्ने मेरो सोच हो।

५)      घर–परिवारको गलत प्रभावः

कहिलेकाहीँ अभिभावकले गणित कठिन विषय हो, यो पढ्न सकिँदैन, पढेर काम पनि छैन, मैले त कहिल्यै पनि पढिनँ भन्ने जस्ता वाक्यहरु घर–व्यवहारमा भनिदिँदा विद्यार्थीमा नकारात्मक प्रभाव पर्छ । यस्ता नकारात्मक धारणाले विद्यार्थीको मनोबल घट्छ । यसको बदलामा अभिभावकले ‘पढ्न सकिन्छ, पढेपछि राम्रो काम पाइन्छ, पढ्न पनि सजिलो छ, तिमी पढ्न सक्छौं’ भनी सकारात्मक कुरा मात्र गर्नु पर्छ । यसो गर्दा विद्यार्थीमा आत्मबल बढ्छ भनि अभिभावकहरुलाई पनि परामर्श गर्नेछु।

६)      शिक्षकको व्यवहारः

 गणित शिक्षक बढी उदार भयो भने खराब प्रवृत्तिका विद्यार्थीले मात्र फाइदा लिन्छन् । कमजोर विद्यार्थीले ध्यान नदिने र विषयप्रति गम्भीर नहुने हुन्छन् । त्यस्तै बढी कडा भई जथाभावी सजाय मात्र दियो भने विद्यार्थीले शिक्षकलाई मात्र मन नपराउने होइन कि विषयलाई समेत मन पराउँदैनन् । यसैले, गणित विषय पढाउने शिक्षकको हैशियतले आफूले गर्ने व्यवहारप्रति सधैं सचेत रहनेछु ।

७)      विद्यार्थीहरुसँगको सम्बन्ध:

विद्यार्थीले शिक्षकको पढाउने शैली र शिक्षकले विद्यार्थीको बानी–ब्यहोरा जानिसकेका हुन्छन् । शिक्षकले विद्यार्थीको क्षमता बुझेर पढाएन भने विद्यार्थी अलमलमा पर्छन् । त्यसैले विद्यार्थीका वैयक्तिक भिन्नता र क्षमता पहिचान गरी अध्यापन गर्ने प्रयास गर्नेछु ।

८)      अध्यापन शैली

शिक्षकको पढाउने तरिकामा पनि विद्यार्थीको प्रगति निर्भर हुन्छ । शिक्षकले प्रत्येक वर्ष पढाएको विषय भएतापनि हरेक साल फरक–फरक स्वभाव र ज्ञान भएका विद्यार्थी विद्यालयमा आउँछन् । त्यसैले, प्रत्येक वर्ष पढाउँदा विद्यार्थीको मनोभावना बुझेर पढाउनेछु । खास पाठ पढाउन खास विधि भएतापनि विद्यार्थीले सजिलै बुझ्न सक्ने विधि अपनाउनेछु । सामान्य स्तरभन्दा कम क्षमता भएका विद्यार्थीलाई पढाउँदा कक्षाको तह मात्र हेरेर हुँदैन, विद्यार्थीको क्षमता हेरेर पनि अध्यापन गर्नेछु ।

९)      अभ्यासको कमीः

एउटै कक्षाका विद्यार्थी भएतापनि एउटा समस्या हल गरे पछि केही विद्यार्थीले अन्य अरु समस्या पनि समाधान गर्न सक्छन् भने केहीले चाहिँ गर्न सक्दैनन् । यस्तो अवस्थामा सहपाठी शिक्षणका लागि प्रोत्साहित गर्नेछु र अन्त्यमा विद्यार्थीको क्षमता हेरी पटक–पटक भएपनि हल गरिदिनेछु । शिक्षकले अध्यापन गर्दा कम बुझ्नेलाई पनि हुनेगरी अध्यापन गर्नेछु । अभ्यासले नै निपूर्णता बनाउँछ भन्ने कुरामा विद्यार्थीलाई विश्वास दिलाउनेछु ।

१०) गृहकार्य गर्न प्रेरणा दिनेः

विद्यार्थीले गृहकार्य गरेको छैन भने के कारणले गरेको छैन रु कारण पत्ता लगाउने प्रयास गर्नेछु । घरमा समय नमिलेर हो वा शिक्षकले पढाएको नबुझेर गृहकार्य नगरेको हो र यकिन भएपछि नबुझेर हो भने फेरि पढाइदिनेछु । घरमा समय नमिलेर हो भने अभिभावकलाई भेटेर उचित वातावरण मिलाउन सुझाब दिनेछु ।

११) अनियमित उपस्थितिः

विद्यार्थी नियमित कक्षामा उपस्थित हुने वातावरण मिलाउनेछु । कुनै विशेष कारणले उपस्थित हुन सकेन भने त्यस्ता विद्यार्थीका लागि छोटो समयको छुट्टै कक्षा लिने व्यवस्था मिलाउनेछु । घरमा समय नमिलेर हो भने अभिभावकलाई भेटेर उचित वातावरण मिलाउन सुझाब दिनेछु ।

१२) कमजोर हस्तलेखनः

सफा ज्यामितीय चित्र तथा शुद्ध हस्तलेखन जेहेन्दार विद्यार्थीको लागि नभई नहुने तत्व हुन् । यदि यस्ता विद्यार्थी छन् भने भाषा शिक्षकको मद्दत लिएर भएपनि हस्तलेखनमा सुधार ल्याउने प्रयास गर्नेछु । राम्रा र शुद्ध लेखाइले उत्तरपुस्तिका परीक्षण गर्न सहज हुन्छ भन्ने कुरामा ध्यान दिनेछु।

१३) परीक्षा प्रणालीः

आन्तरिक परीक्षाहरू नियमित लिने, उत्तरपुस्तिकाहरुमा भएका कमी–कमजोरीहरू सच्याउने अवसर दिने हो भने अन्तिम परीक्षामा विद्यार्थीले राम्रो गर्छन् । प्रश्न बनाउँदा नबुझिने, गल्ति भएको, घुमाउरो नबनाई पढाउँदा प्रयोग गरेका शब्द नै परीक्षामा प्रयोग गर्नेछु। पटक–पटक लिने आन्तरिक परीक्षाले विद्यार्थीको मनोबल उच्च बनाउँछ भन्ने कुरालाई ध्यानमा राखि मूल्याङ्कनका आधारमा उपयुक्त पृष्ठपोषण सहित सिकाइ सहजीकरण अघि बढाउनेछु।

यसका अतिरिक्त

 . कक्षाकोठामा भएका सबै विद्यार्थीलाई पहिचान गर्न प्रयास गर्नेछु। नाम, ठेगाना तथा पारिवारिक पृष्ठभूमि, आर्थिक हैसियत र विद्यार्थीका व्यक्तिगत समस्यासमेत थाहा पाउने कोशिश गर्नेछु।

२. सबै विद्यार्थीले समान अवसर दिनेछु। उत्तर थाहा पाएर पनि बोल्न नसक्ने विद्यार्थीलाई बोल्न सक्ने वातावरण सिर्जना गरी उनीहरुलाई सहयोग गर्नेछु।

३. कमजोर विद्यार्थीलाई उनीहरुका कमजोरी हटाउन र उनीहरुलाई बलियो बनाउन सहयोग गर्नेछु। कक्षाकोठामा मध्यम विद्यार्थीलाई आधार मानेर अध्यापन गर्नेछु।

४. विद्यार्थीका साथीजस्तै बन्ने प्रयास गर्नेछु। विद्यार्थीको ठट्टा र चुट्किलामा हाँस्नेछु र निकै स्नेहले व्यवहार गरी विद्यालयमा पनि आफ्नै अभिभावकको अनुभूति दिलाउन प्रयास गर्नेछु।

५. उत्तरपुस्तिका परीक्षण गर्दा विद्यार्थीले गलत लेखेको अवस्थामा रातो मसीले गोलो लगाउनुको साटो उत्तर कसरी सही हुन्छ भन्ने जानकारी दिनेछु। विद्यार्थीलाई हतोत्साही बनाउने होइन, अझै उत्साही र परिस्कृत हुन प्रेरित गर्नेछु।

६. विद्यार्थीलाई स्वतन्त्रता दिन वातावरणमा अध्यापन गर्ने प्रयास गर्नेछु। विद्यार्थीलाई आफ्नो दृष्टिकोण राख्न सहयोग गर्नेछु । दवावमा राखेर होइन, प्रभावित पारेर सिकाउने प्रयास गर्नेछु।

७. शिक्षक–विद्यार्थीबीच सहकार्य बढाउन विदेयार्थीका हरेक क्रियाकलापमा सहभागी हुनेछु। सहकार्यले विद्यार्थीलाई उत्तर दिने मात्र होइन, प्रश्न गर्न पनि सिकाओस् भन्ने कुरामा सधै ध्यान दिनेछु।

८. विद्यार्थीसँग कहिले साथी, त कहिले अभिभावक, अध्यापक, दाजुभाइ तथा दिदीबहिनी जस्तै सम्बन्ध निभाउने प्रयास गर्नेछु। विद्यार्थीका व्यक्तिगत समस्या समाधानमा पनि हिस्सेदारी लिने, ती शिक्षक विद्यार्थी र अभिभावकको आँखाका नानी बन्ने प्रयास गर्नेछु।

९. विद्यार्थीको मनोभावना बुझेर ऊ दुःखी छ भने उसलाई खुसी बनाउने प्रयास गर्नेछु। उसको समस्या पहिचान गरेर समाधान गर्ने प्रयास गर्नेछु। विद्यार्थीको मनोविज्ञानको ख्याल गरी आत्मीयता बढाउदै पढाइप्रतिको अभिरुचि पनि बढाउने प्रयास गर्नेछु।

१०. पढाइसँगै अतिरिक्त क्रियाकलापमा सघाउने, विद्यार्थीको चाहना बुझेर उसलाई सिकाउने प्रयास गर्नेछु। विद्यार्थीलाई बहुमूखी प्रतिभा विकासमा सघाउन हरहमेशा प्रयासरत रहनेछु ।

पेश गर्ने शिक्षक

नाम: लालु चौधरी

पद:  मा . शि ( तृतीय )

हस्ताक्षर:

विद्यालय: श्री जगन्नाथ डेडराज          जनता मा. वि

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Post a Comment

Previous Post Next Post