शिक्षकले के के गर्नु हुँदैन ? (दोस्रो पटक संसद मा दर्ता शिक्षा ऐन २०८० अनुसार )


 शिक्षकले के के गर्नु हुँदैन ?

(द्रोस्रो पटक संसद मा दर्ता शिक्षा ऐन २०८० अनुसार )


“शिक्षकले विद्यार्थी र अरू कसैप्रति यौनजन्य दुर्व्यवहार गर्नु हुँदैन । विद्यार्थीलाई कुटपिट गर्न र कसैलाई पनि शारीरिक वा मानसिक यातना दिनु हुँदैन ।” 


यसबाहेक शिक्षकहरुले विद्यालयबाहेक अन्यत्र पढाउन वा निजी व्यवसाय गर्न पनि पाउने छैनन् । 


स्थानीय तहको अनुमतिबिना शिक्षकले आम्दानी हुने गरी अन्य काम समेत गर्न पाउने छैनन् । 


व्यवसाय दर्ता गरेको प्रमाणित भएमा शिक्षकलाई स्थानीय तहले कारवाही गर्नसक्ने व्यवस्था पनि विधेयकमा राखिएको छ । 


शिक्षकले विद्यार्थीका अविभावकबाट दान, उपहार वा चन्दा मात्र नभएर सापटीसमेत लिन नपाउने व्यवस्था पनि विधेयकमा राखिएको छ । 


शिक्षकमात्र नभएर शिक्षकका परिवारले समेत दान कोशेली वा उपहार स्वीकार गर्न नहुने व्यवस्था शिक्षक आचरणमा राखिएको छ । 


शिक्षकलाई परामर्शदाता, सल्लाहकार वा विशेषज्ञका रुपमा वा अन्य कुनै नाममा तलव सुविधा पाउनेगरी अन्यत्र काम गर्न विधेयकले प्रतिबन्ध लगाएको छ । 


  प्रस्तावित शिक्षा ऐनको दफा ८८ मा शिक्षकहरुलाई पदबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ । 


उक्त दफामाको उपदफा १ मा (१) पदबाट हटाउने ११ वटा प्रावधान समेटिएको छ । 


विधेयक बुधबार संसद सचिवालयमा दर्ता गरिएको छ । 


छुटेका तर थप्नु पर्ने महत्वपुर्ण बुदाहरू :


१) शिक्षक ले दिनमा एक छाक सुद्ध दाल र भात मात्र खान पर्नेछ I

२) शिक्षक ले बर्षभर एउटै जोर मात्र कपडा लगाउनु पर्नेछ ।

३) शिक्षक ले घर बाट स्कुल र स्कुल बाट घर भन्दा बाहिर ग्ए तत्काल समातेर जेल हालिने छ ।

४) शिक्षक सधै सार्वजनिक यातायात सार्वजनिक स्वास्थ्य उपचार बाहेक अन्यत्र हेरे मात्र आखा झिकीने छ I


हैन यस्तो ड्राफ्ट बनाउने Schooling कस्को होला यस्तो खुरापाती दिमाग कसरी आयो यस्तो उल्टो पुर्जा कस्ले जोड्यो धिक्कार छ् ति गुरु हरू लाई जसले यस्ता नेता कर्मचारी शिक्षा दिए नेपाल आमा को श्राप लाग्छ यिन लाई I

साभार: कृष्ण तिम्सिना(facebook)

Post a Comment

Previous Post Next Post