शिक्षकलाई दास बनाएर शिक्षाको विकास हुँदैन ।


 शिक्षाको प्राण शिक्षालयको स्वायत्ततामा हुन्छ । तर आज राजनीति दलको झण्डा बोक्ने प्रतिनिधिका अगाडि एउटा शिक्षकले अफ्नो "काम, सुविधा र कर्तव्य" प्रति याचना गर्नुपर्ने अवस्था छ ।


१. दलको नाममा निर्वाचित व्यक्ति कसरी शिक्षकको मालिक हुन सक्छ ? शिक्षकको प्रागिंक स्वतन्त्रता हुन्छ । शिक्षकलाई दास बनाएर शिक्षाको विकास हुँदैन ।


२. राज्यलाई कस्तो शिक्षा चाहिएको हो भन्ने तय गर । चाहिएको शिक्षाको पाठ्यक्रम निर्धारण गर । पुस्तक तयार पार । अनि पठनपाठन गर । शिक्षकलाई तलब देउ । उसले पढाएको उस्को प्रधानाध्यापकले अनुगमन गर्छ । प्रधानाध्यापकको अनुगमन गर्ने शिक्षाविद्को व्यवस्था गर । शिक्षकको मालिक वडाध्यक्ष हुन सक्तैन ।


३. तिम्रो शिक्षा उपनिवेशी सोचले ग्रस्त छ । यसले युरोप र अमेरिकाको बारेमा सिकाउँछ, नेपालका बारेमा होइन । यसले हाम्रो अनुहार नेपाली राख्छ, तर हाम्रो मति युरोपेली बनाउँछ । यस्रले भन्छ, "कोलम्बसले अमेरिका पत्ता लगाए । अर्का घरमा गएर यो घर मैले पत्ता लगाएँ, यो घरको मालिक म हुँ भन्न पाइन्छ ? "हाम्रो शिक्षा" "कोलो-टेमप्लेट" हो-- कोलोनाइजरहरुले बनाइदिएको एउटा ढाँचा छ । त्यही पढाइ हुन्छ ।


४. सरकारले शिक्षकलाइ सिर्जनशिल विज्ञ बनाउन खोजेको हो वा सरकारको सिपाही ? आज शिक्षक सिपाही बन्न इन्कार गर्दैछन् । उनीरुले ठिक गरेका छन् । तर शिक्षकका नाममा पार्टीको झन्डा बोक्ने रीति बन्द हुनु पर्छ ।


क. शिक्षकलाइ स्रस्टा बनाउ, सम्मान गर । उसलाई उत्कृष्ट बन्न सहयोग गर । अनुसन्धान गर्ने अवसर र वृत्ति देउ । नोकर नबनाउ ।


ख. हजुरबुबा जस्तो बूढो शिक्षकलाइ एउटा कार्यकर्ताका अगाडि जम्लाहात गरेर सरुवाको याचना गर्ने निरीह नबनाउ ।


ग. भविष्यको नेता आजको शिक्षकको मेहनतबाट जन्मिन्छ । त्यो महान व्यक्तिलाई राजनीतिको गोठालो नबनाउ ।


घ. हरेक शिक्षक बदमास छ भन्ने मनोबिज्ञानबाट कानुन नबनाउ । हरेक शिक्षक योग्य छ तर उसले अब्बल बन्ने अवसर पाएको छैन भनेर कानुन बनाउ ।


तत्काल कुरा गर, र समाधान खोज । ज्यादती नगर । यदि शिक्षकहरू माथि बल प्रयोग भयो, अपमान गरियो भने हामीजस्ताले पनि सडक रोज्नु पर्ने हुन्छ ।



- युवराज संग्रौला, प्राध्यापक ।

Post a Comment

Previous Post Next Post