भाेकाे भेटले पहिला खाना माग्छ शिक्षा हाेइन ।

 भाेकाे भेटले पहिला खाना माग्छ शिक्षा हाेइन । 

बाेर्डिङमा पढेकाे विद्यार्थी A+ ल्याउने र सामुदायिकमा पढेकाले D+ ल्याउने कारण याे तस्विरले पनि प्रष्ट्याउछ । सामुदायिकमा पढ्ने अधिकांस बालबालिका एक पेट राम्राे खान र शरीर ढाक्ने लुगा लगाउन दशै नै आउनु पर्छ । गरिब, टुहुरा, अभिभावक विहिन बालबालिका पढ्ने थलाे नै सामुदायिक विद्यालय हाे । खाडीमा ज्याला, मजदुरी गर्न जानेका छाेराछाेरी पढ्ने थलाे हाे सामुदायिक विद्यालय। सर्वेक्षण गर्नुहाेस कतिसँग पाेशाक किन्ने पैसा छैन, विहान खाना नखाइ आएर पेट देख्याे भनेर गुनासाे गर्ने विद्यार्थीकाे बारेका एक सामुदायिक विद्यालयकाे शिक्षकलाई मात्र थाहा हुन्छ । अनि कसरी तुलना गर्न सकिन्छ मँहगा बाेर्डिङमा पढ्ने विद्यार्थी सँग ????



Post a Comment

Previous Post Next Post