विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको कार्यमूलक अनुसन्धान प्रतिवेदन

 विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको कार्यमूलक अनुसन्धान प्रतिवेदन



अनुसन्धानको पृष्ठभूमि ः 
विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें । 
समस्याको पहिचान 
मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो घण्टीमा कम्प्युटर शिक्षा विषय पढाउछु । मैले राम्ररी याद गरिरहेको छु कि गत वर्ष पनि त्यही विद्यार्थीहरु कक्षा ६ मा हुँदा उनीहरुमा सबैले गृहकार्य नगर्ने समस्या भोगीहेको थिएँ । उनीहरुले गृहकार्य किन नियमित रुपमा गर्दैनन् र उनीहरुलाई कसरी नियमित गृहकार्य गर्ने बनाउन सकिन्छ भनि मैल कार्यमूलक अनुसन्धानको प्रक्रिया सुरु गरेको हो । 
पहिलो चरण
योजना ः 
कक्षामा कतिजनासम्म विद्यार्थीले गृहकार्य बुझउँछन् त्यसको जानकारी लिने । 
क्रियाकलापः 
पहिलो दिन विद्यार्थीलाई नियमित कक्षा सकिएपछि २ वटा प्रश्नहरु सेतोपाटीमा लेखेर भोली त्यसको उत्तर अनिवार्य लेखेर ल्याउन विद्यार्थीलाई निर्देशन गरेँ । सबै विद्यार्थीहरुले प्रश्न कापीमा सारे र उक्त दिनको कक्षा सकियो । 
अवलोकन ः 
भोलीपल्ट कक्षामा पुगेपछि सबैको गृहकार्य अगाडी राख्न आग्रह गरे । सबैले कपी अगाडी राखे तर १९ जना विद्यार्थी मध्ये उपस्थित १७ जनामा ७ जनाले पूरै २ वटै प्रश्नको उत्तर लेखेका ४ जनाले एउटा मात्र प्रश्नको उत्तर लेखेका र बाँकीले अघिल्लो दिन जति प्रश्न सारे त्यसभन्दा एक अक्षर पनि लेखेको पाइएन ।

प्रतिबिम्बिन ः 
पढाइमा जाँगर लगाउने राम्रो पढाइ भएका विद्यार्थीहरुले गृहकार्य गरेपनि पढाइमा पछाडी भएका अन्य विद्यार्थीले गृहकार्यलाई कुनै महत्व नदिएको पाइयो ।

दोश्रो चरण
योजना ः
विषयगत मूल्याँकन प्रक्रियाको बारेमा विद्यार्थीलाई प्रष्ट गराई गृहकार्यका आधारमा उनीहरुको उपलब्धी मुल्याँकन हुने बारेमा जानकारी गराएर गृहकार्यप्रतिको विद्यार्थीको आकर्षण बढ्छ वा बढ्दैन पत्ता लगाउने । 
क्रियाकलापः 
भोलीपल्ट कक्षामा प्रवेश गरेपछि निम्न माध्यमिक कम्प्युटर विषयको मूल्याँकन पद्दतीका बारेमा जानकारी गराएँ । ५० प्रतिशत सैदान्तिक र ५० प्रतिशत प्रयोागत्मक परीक्षा हुने त्यस मध्ये पनि ४० प्रतिशत निरन्तर र ६० प्रतिशत आवधिक परीक्षाको बारेमा जानकारी दिएर हरेक विद्यार्थीले बुझाएको गृहकार्यको रेकर्डका आधारमा निरन्तर मुल्याँकनको रेजा प्राप्त गर्ने र सोही रेजाले ४० प्रतिशत मूल्याँकनको प्रतिशतांक निकालिने कुरा जानकारी गराई अघिल्लो दिनको गृहकार्यका आधारमा सबै विद्यार्थीले पाएका रेजाका बारेमा जानकारी गराइयो । यस पछि नियमित कक्षा क्रियाकलाप गराई उक्त पाठको अभ्यास भोलिपल्ट पूरा गरेर ल्याउन निर्देशन दिएँ । 
अवलोकन ः 
भोलीपल्ट कक्षामा प्रवेश गरिसकेपछि अघिल्लो दिन झैं गृहकार्य देखाउन कपी अगाडी राख्न आग्रह गरेँ । सबै विद्यार्थीहरुले दिइएको गृहकार्य पूरा गरेको पाइयो । त्यसपछि मैले विद्यार्थीलाई प्रश्न गरेँ ः हिजो जम्मा ७ जनाले मात्र गरेको गृहकार्य आज कसरी सबैलाई गर्ने उत्साह बढ्यो ? उनीहरुले उत्तर दिए ः तपाईले कक्षा कार्य र गृहकार्यका आधारमा हरेक पाठका लागि रेजा प्राप्त गर्ने र त्यही रेजाहरुका आधारमा वार्षिक रुपमा ४० प्रतिशत मुल्याँकनको आधार हुने कुराले गृहकार्य नगर्दा परीक्षामा घाटा हुने ठानेर जसरी पनि पूरा गर्यौं । 
प्रतिबिम्बन ः 
गृहकार्य नगर्नुमा विद्यार्थीमा कुनै उत्प्रेरणा दिन नसक्नु हो । सकारात्मक पुनर्बलले विद्यार्थीमा उत्प्रेरणा बढाउँछ र उनीहरुको सक्रियता बढाउँछ ।

निश्कर्ष ः 
सबै विद्यार्थीले नियमित रुपमा गृहकार्य गर्दैनन् । उनीहरुलाइृ कसरी नियमित गृकार्य गर्ने अवस्थामा लैजान सकिन्छ भन्ने विषयमा कार्यमूलक अनुसन्धानलाई अगाडी बढाउँदा दोश्रो चरणमा आइपुग्दा अवस्थामा सुधार भएकोले मैले अनुसन्धानको चरणलाई अन्त्य गरेँ । यो अनुसन्धानले विद्यार्थीमा काम गर भन्ने निर्देशन दिने तर गरेमा त्यसको प्रत्यक्ष उपलब्धी के हुने भन्ने बारेमा निश्चित नहुँदा उनीहरु क्रियाकलापप्रति आकर्षित हुँदैनन् भन्ने कुरालाई पुष्टि गरेको छ । मानिस तत्कालको प्रतिफलका लागि पहिला अग्रसर हुन्छ । त्यसैले जतिसक्दो छिटै कामको उपलब्धी देखिने गरी क्रियाकलाप गर्न प्रेत्साहित गर्न सके बालबालिका क्रियाकलापमुखी बन्नसक्छन् भन्ने महसुस भयो । 
समाप्त
Source: From the facebook page of Krishna Dhungana

Post a Comment

Previous Post Next Post