शिक्षक एकता जिन्दावाद !!

 गत असोज २ गते देखि शिक्षकहरुको हक र अधिकार विरुद्ध संसदमा दर्ता गरिएको कालो शिक्षा विधेयक २०८० खारेज र फिर्ता माग गर्दै नेपाल महासङ्घको अगुवाईमा नेपालभरिका शिक्षकहरु कक्षाकोठा छोडी काठमाडौ केन्द्रित आन्दोलनमा होमिएका छन।

यसै सिलसिलामा पेशागत हक हित र समग्र शिक्षा व्यवस्थालाई राज्यले हेर्ने दृष्टिकोणमा सकारात्मक सोचको बिकास गरोस भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन, नगर कमिटी  बराहक्षेत्रका अध्यक्ष श्री खड्ग बहादुर कार्की , नेपाल शिक्षक महासङ्घ , बराहक्षेत्रका अध्यक्ष श्री ईन्द्र बस्नेतको नेतृत्व मा बराहक्षेत्र नगरपालिकाबाट मात्रै करिव ५ दर्जन शिक्षकहरु सो आन्दोलनमा होमिएका छन र पालै सङ्ग अन्य शिक्षक मित्रहरु पनि राजधानी भित्रने क्रम जारी छ ।









फुल भाँचियो, दुबो माँडियो, सडक फोहोर भयो भन्दै प्रसङ्ग बदल्न खोज्नु भन्दा मागहरुको यथासक्य चाँडो उचित सम्बोधन र शंसोधन गरी शिक्षकहरुलाई विद्यालय खोल्ने वातावरण सिर्जना गर्नु ठिक हुन्छ । 


आन्दोलनमा हुने भनेकै दुर्घटना हो । आन्दोलनमा कोही पनि आन्दोलनकारी फुल रोप्न, सडक बढार्न, रङ्गरोगन गर्न जाँदैनन । पसिना बग्न सक्छ, रगत बग्न सक्छ, संरचना भत्किन सक्छन् । त्यसैले त यो आन्दोलन हो । सरकार मौन नबसोस! अहिले फूल मात्र भाँचिएको छ, पुल भाँचिने अवस्था नआओस! शुभकामना ।

- शिक्षक एकता जिन्दावाद !!

Post a Comment

Previous Post Next Post