राज्यले समानता होइन समताका आधारमा शिक्षा र अवसर प्रदान गरोस ।

 # जंगलको स्कूल

#समानता_होइन_समताका_आधारमा_शिक्षा_र_अवसर_प्रदान_गरौँ ।



एकचोटी जंगल को राजा सिंहले घोषणा गर्यो कि अब आजपछि कोहि पनि अनपढ़ रहने छैन। हरेक पशुलाई आफ्ना बच्चालाई स्कूल पठाउनु पर्ने हुन्छ। राजाको स्कूलले पढ़ा-लेखाई सबैलाई प्रमाणपत्र बाँडनेछ। 

सबै बच्चाहरु स्कूल गए। हाथीका बच्चा, सिंहका बच्चा, बाँदरका बच्चा, माछाका बच्चा, खरायोका बच्चा, कछुआका बच्चा, ऊँटका बच्चा र जिराफका बच्चा। प्रथम एकाई परीक्षा (first unit test) भयो त्यसमा हाथी को बच्चा फेल। कुन विषयमा फेल भयो? रुख चढ़ने विषयमा फेल भएछ, हाथी को बच्चा। अब के गर्ने? ट्यूशन देऊ, कोचिंग पठाऊ। अब हाथीको जिन्दगीको एउटै लक्ष्य थियो कि मेरो बच्चालाई रुख चढ़ने मा Top गराउनु छ। जसोतसो वर्ष बित्यो। Final Result आयो त हाथी, ऊँट, जिराफ सबैका बच्चा फेल भए। बाँदर को बच्चा फर्स्ट first भयो। प्रधानाध्यापक (Principal) ले स्टेजमा बोलाएर मेडल दियो। बाँदरले उफ्री-उफ्री कलाबाजि देखाएर खुशी प्रकट गर्यो।

उता अपमानित महसूस रहेका हाथी, ऊँट र जिराफले आफ्ना-अफ्ना बच्चालाई कुट्न थाले। नालायकहरु, यति महँगा स्कूलमा पढाएँ तिमीहरुलाई, ट्यूशन-कोचिंग सबै लगाएँ। तर पनि आजसम्म तिमीहरु रुखमा चढ्न सिकेनौ। सिक, बाँदरको बच्चासँग त सिक केही, पढ़ाईमा ध्यान देऊ। फेल त मछाको बच्चा पनि भयो।माछाको बच्चा पौडीमा प्रथम आयो तर बाँकी विषयमा त फेल नै भयो। शिक्षिकाले भनिन्, "तपाईका छोरा धेरै अनुपस्थित हुन्छन है।"

माछाले छोरालाई आँखा देखाउदै रिसाए। छोराले सम्झाउदै भने ,"बुवा, म निस्सासिन्छु यस स्कूलमा। मलाई यस स्कूलमा साँस फेर्न गार्हो हुन्छ। मलाई पढ्नु छैन यो स्कूलमा। हम्रो स्कूल त ताल पोखरीमा हुनुपर्यो नि?"

बुवाले उत्तर दियो- होइन, यो राजाको स्कूल हो। ताल पोखरीको स्कूलमा पठाएर मलाई आफ्नो बेइज्जती गराउनु छैन। समाजमा केहि त इज्जत प्रतिष्ठा छ मेरो। तिमीलाई यहि स्कूलमा पढ्नु पर्छ। पढ़ाईमा ध्यान देऊ। हाथी, ऊँट र जिराफ आफ्ना-अफ्ना बच्चालाई कुट्दै घरतिर लगिरहेका थिए। बाटोमा बूढ़ो पिपलको रुखले सोध्यो,"किन पिटिरहेछौ बच्चाहरुलाई?" जिराफले भन्यो, रुख चढ्नेमा फेल भयो? पिपलको बोटले केही सोचेर उत्तर दियो, यसलाई रुखमा चढ्नु नै किन पर्यो र ? उसने हाथीलाई भन्यो, आफ्नो सूंड उठाऊ र सबैभन्दा ऊँचाईमा रहेको फल टिपिहाल। जिराफ तिमी पनि आफ्नो लामो घाँटी उठाऊ र सबैभन्दा माथिको पात टिप अनि खाऊ। ऊँट घाँटी तन्काएर फल र पात खान थाले। हाथीको बच्चालाई किन रुखमा चढाउन चाहन्छौ ? माछालाई पनि पोखरी तालमा नै सिक्न पढ्न देऊ न?

 दुर्भाग्यवश आज स्कूले शिक्षा को पूरा Curriculum र Syllabus बाँदरको बच्चाका लागि मात्र डिजाइन गरिएको छ। यस्ता स्कूलमा ४० बच्चाहरुको कक्षामा बाँदर नै त फर्स्ट आउछ। बाकी सबै फेल हुने निश्चितप्रायः छ। हरेक बच्चाको आवश्यकता र चाखका आधारमा अलग Syllabus, अलग Subject र अलग स्कूल हुनुपर्छ । हाथीका बच्चालाई रुखमा चढाएर अपमानित नगरौं। जबर्दस्ती उनीमाथि फेलियर को छाप नलगाऔं। ठिक छ, बाँदरको उत्साहवर्धन गरौं तर बाँकी ३९ बच्चालाई नालायक, कामचोर, लापरवाह, Duffer, Failure घोषित नगरौं। माछा निसन्देह रुखमा चढ्न सक्दैन तर एक दिनमा ऊ पूरा समुद्र नाप्न सक्छ। 



शिक्षा - 

 आफ्नो बच्चाको (विद्यार्थीको) क्षमता र प्रतिभा को कदर गरौं चाहे त्यो पढ़ाई, खेल, नाच, गाना, कला, अभिनय,व्यापार, खेती, बागवानी, मेकानिकल, कुनै पनि क्षेत्रमा होस् उसलाई त्यही क्षेत्रमा राम्रो गर्ने अवसर दिऔं 

आवश्यक छैन कि सबै बच्चा पढ्नमा अव्वल हुनैपर्छ। बरु उनमा राम्रो संस्कार तथा नैतिक मूल्य हुनु आवश्यक छ जसले गर्दा बच्चाहरु गलत बाटो नचुनोस l 

सबै अभिभावक तथा गुरूवर्गमा सादर समर्पित @ फेसबुक वाल बाट साभार !

Post a Comment

Previous Post Next Post