शिक्षा विधेयक संसोधन हुँदै छ रे ! हाम्रा कुरा पनि सुनीदेऊ है सरकार ! # बाल आवाज #
१. छ कक्षाभन्दा माथि पनि भोक लाग्दो रैछ !
२. खाजा दातलाई मात्र भयो आतलाई त भएन नि, जम्मा पन्ध्र रुपैयाँले होला ! पकाउने कसले कसरी !
३. चिसो मौसममा कक्षाभित्र बस्दा जाडो हुन्छ, न्यानो कपडा छैन नि !
४. कहिलेकाहीँ म भोकै आउछु घरमा खानेकुरा हुँदैन !
५. लेख्न मन लाग्छ तर कलम कापी हुन्न !
६. पढ्न मन लाग्छ तर पुस्तक हुँदैन !
७. मेरो त बुबा हुनुहुन्न, मेरो त आमा हुनुहुन्न, मेरो त बुबा आमा नै हुनुहुन्न ! अभिभावक बिहिन छौं !
८. बुबा आमा काममा जानुहुन्छ; घरमा सानो भाइ हेर्नुपर्छ; स्कुल त आउनै पाउदिन !
९. घरमा काम परेको बेला स्कुल नजा भन्नुहुन्छ ! मेरो पाठ छुट्छ !
१०. काम गर्न गए दैनिक रु. ५०० कमाउछु ! स्कुल आउँदा कमाई हुन्न !
११. पढेपछि पनि त मैले नपढेकाहरुले नै गर्ने काम गर्नुपर्छ !
१२. किताबको कुरा घोकेर रटेर मेरो के प्रगति हुन्छ र !
१३. गाउँमा त धेरै पढेकाले भन्दा थोरै पढ्नेले नै पैसा कमाएका छन् !
१४. पढेपछि पनि त म खाडी मुलुक नै जानुपर्छ !
१५. मेरो कक्षामा त ३ जना थियौं; यो बर्षबाट २ जना सहर गए ! के म एक्लै ६ कक्षामा पढ्ने त !
१६. कुनैकुनै सरमिसहरु पढाउन पनि जागर नै गर्नुहुन्न !
जागर गर्नेको कक्षामा मात्र बस्न मन लाग्छ !
१७. यो पढाइ लेखाइ त सार्है गार्हो लाग्छ; सजिलो तरिकाले सिक्ने बिधि पनि छ कि !
१८. हामीलाई केही सरमिसहरुले माया गर्नुहुन्छ; केही त हरामी छन् !
१९. २/३ वटा कक्षा एकै ठाउमा राखेर पढाइ खत्तम भयो !
२०. यो परीक्षा लिनै पर्ने हो र ! नलिए हुन्न ! लिए पनि सजिलो गरि लिए हुन्न ! जे आउँछ त्यो लेख्न पाइदैन ! जे आउदैन त्यही लेख्नुपर्छ अनि गार्हो लाग्छ !
२१. मलाई कलाकार बन्न मन छ ! म त खेलाडी बन्छु !
२२. यो सबै बिषय पढ्नै पर्ने हो र ! जुन मन पर्छ त्यही मात्र पढ्न पाए त हुन्थ्यो नि !
२३. मेरो त घरमा पढ्ने बाताबरण नै छैन; बुबा आमा दिनहुुँ झगडा गर्नुहुन्छ !
२४. लेख्न र पढ्न मात्र जान्ने शिक्षित रे अनि लेखपढ् गर्न नजान्ने तर काममा सिपालु चाहिँ अशिक्षित हुन्छ र !
२५. स्कुल आउन अनिवार्य गर्ने ! कक्षामा बस्न अनिवार्य गर्नु भन्दा स्कुल जाउँजाउँ; कक्षामा बसुँबसुँ; बनाउनु पर्ने होइन र !
२६. गुरुगुरुआमाहरुलाई हामीलाई बुझाउनु भन्दा नि कोर्स भ्याउनुमा नै चटारो हुन्छ; यति धेरै कोर्स नराखे हुन्न र !
२७. पुस्तकहरु पनि साना साना र थोरैमात्र बोक्न पाए हुन्थ्यो ! यति ठुलो छ, झोलामा नै अटाउन्न, ठुलो झोलामा राख्यो त्यो झोला बोक्ने ढाड नै छैन दैनिक १ घन्टा हिड्नुपर्छ ! काध फतक्कै गल्छ !
२८. मलाई पढाउने सरम्यामको छोराछोरी त बोर्डिङ स्कुलमा पढ्छन्; ऊनीहरु पनि हामीसंगै पढ्न हुन्न र !
२९. मेरो छिमेकीको साथी गाडी चढेर टाढाको बोर्डिङ स्कुलमा पढ्न जान्छ; कि त म पनि त्यही जान्छु; होइन भने उसलाई पनि म पढ्ने स्कुलमा ल्याइदेऊ न ! उ कस्तो मिल्छ !
३०. एकदिन घरबेटी अन्कलले भन्नुभएको कुरा सुनेको मैले हामी पढेको स्कुलमा उहाँका छोराछोरी पढ्न हुन्न रे ! यसो किन भन्नुभएको होला ! मनमा कुरा खेलिरहन्छ !
३१. हामीलाई प्रविधिसंग जोडिएर पढ्न मन लाग्छ तर त्यो सुबिधा कही छ कही छैन ! भएको ठाउमा पनि लाइन झ्याप्प जान्छ ! घरमा पनि गुगल सर्च गरेर सिक्न मन लाग्छ तर त्यो सुबिधा नै छैन; म कसरी सिकुँ ?
३२. कुनैकुनै सरम्यामले त पिट्नु हुन्न तर कुनैकुनैले त तुरुक्कै पिसाब चुहिनेगरि चुट्नु हुन्छ ! यसरी चुट्न पाइन्छ र ! संगैको साथी पिल्पिल रोएको हुन्छ; मलाई पढ्ने मुढ नै हुँदैन !
३३. स्कुल जाने भनेर बिहान ७/८ बजे नै गाडीमा चढ कहिले जाम, कहिले over load हुन्छ, ८४ जना सम्म ! बिहान बेलुकी ! उफ् !
३४. केही सरहरु पान खादै पढाउन आउनु हुन्छ; कोही जिब्रो खुट्टा लर्बराउदै; कोही सुम्सुम्याउदै ...... ! म कसरी सिकुँ !
३५. हाम्रो कोठामै १२५ जना; बस्ने ठाँउ हुन्न; भए पनि सुनिन्न; हल्ला हुन्छ; कति सरम्यामको आवाज पुग्छ कतिको पुग्दैन ! म कसरी सिक्न सक्छु त !
३६. मेरो कक्षा सुरुहुदा ७४ जना अन्तिममा बाकी २३ जना ! अरु खोइ ! कतिबेला आउछन् ! कतिबेला जान्छन् ! थाहा हुन्न ! कहिले कक्षामा नै झुल्छन ! कहिले बाटातिर झुलिरहेको भेट्छु! डरलाग्छ ! म कसरी सिक्न सक्छु र !
३८. जब अरुलाई देखाउन पर्ने परीक्षा आउछ हामीलाई तनाव हुन थाल्छ; A वा A+ ल्याउनु पर्ने रे ! इज्जत जान्छ रे ! पढ्ने हामीले हाम्रो क्षमता अनुसारको हो नि ! A र A + ल्याइदिए जाति, सक्षम ! स्कुल पनि मख्ख, बुबाआमा पनि खुशी ! स्कुलको बिज्ञापन गर्न म कति तनाव सहुँ ! मेरो सृजनशीलता खोइ ! स्कुलमा नै बस्नुपर्ने; भेडाबाख्रा झै ! उफ !..
# यी र यस्ता बालबालिकाको मनोबिज्ञान बर्गेल्ती छन् ? यसलाई सुनिदेऊ ! बुझिदेऊ ! सम्बोधन गरिदेऊ ! किन कि स्कुल हामी बालबालिकाका लागि नै खोलिएका हुन् नि; होइन र सरकार ? # बाल आवाज: सिकाइ सहजकर्ता #