प्रबिधी मैत्री शिक्षक समाज नेपाल, जिल्ला समन्वय समिति, कास्कीले आज मिति २०८०/०७/०२ गते सञ्चालन गरेको एक दिवसीय ICT सहजीकरण कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ । शिक्षा बिकास तथा समन्वय ईकाई कास्कीको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न जिल्लाका ४० जना भन्दा बढी शिक्षक हरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका प्रमुख लोकनाथ आचार्य र विशिष्ट अतिथिको रूपमा प्रबिधी मैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भुपती बत्स्याल रहनु भएको थियो। साथै STFT का केन्द्रीय पदाधिकारीहरू, गण्डकी प्रदेश समिती पदाधिकारीहरू र कास्की जिल्लामा रहेका शिक्षक पेशागत संघ संगठनका अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो ।
यस कार्यक्रममा Right for children का प्रतिनिधि बिष्णु अधिकारी, नेपाल टेलिकम गण्डकी प्रदेश शाखाका ब्यापार शाखा प्रमुख महेन्द्र रिमाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, कास्की जिल्ला अध्यक्ष रोमहर्षण पौडेल, STFT केन्द्रिय महासचिव देवि प्रसाद शर्मा, STFT केन्द्रिय अध्यक्ष भुपती बत्स्याल र समन्वय ईकाई कास्की प्रमुख लोकनाथ आचार्यले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा मोवाईल एप्लिकेशन को प्रयोगको बारेमा भुपती बत्स्याल सर र मुल्याङ्कन प्रणालीको बारेमा रूपिन्द्र प्रभावी जोसी सरले सहजीकरण गर्नु भएको थियो। उक्त कार्यक्रमको सहआयोजकको रूपमा Right for children र शिक्षा विकास तथा समन्वय ईकाई कास्कीले समन्वय गरेको थियो। कार्यक्रमको सभापतित्व STFT कास्की अध्यक्ष शकुन्तला सोती म्याडमले गर्नुभएको थियो। कार्यक्रममा STFT कास्की सदस्य बृहस्पति लम्सालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव भीमप्रसाद सुबेदीले गर्नुभएको थियो । यस कार्यक्रम लाई सफल बनाउनको लागी सहयोग गर्नुहुने शिक्षा विकास तथा समन्वय ईकाई कास्की, Right for children र सहभागी सम्पुर्ण शिक्षक साथीहरूलाई STFT कास्की परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।