हार्दिक श्रद्धाञ्जली

 हार्दिक श्रद्धाञ्जली 

बुबा फेकु चौधरी र आमा सेथरी थरुनीको कोखबाट बि. सं. २००३ जेष्ठ १०गते यस धर्तीमा पदार्पण गरि साबिक हाँसपोसा गा. वि. स.(हाल इटहरी -२०) बस्ने पति बुधुदास चौधरीसङ्ग वैवाहिक बन्धन्मा बाँधिनु भएका दुई छोराहरु भिखन चौधरी र सन्तोष चौधरी र दुई बुहारीहरु प्रमिला चौधरी र मिना चौधरी  र ५ छोरीहरु दुखनी , सेम्नी , भुनेश्वरी , रानी र पानवती साथै १९ नाति नातिनाका धनी , चानैन मानैन वँशावलीका एक सदस्य ,मेरा सहपाठी  र हाल सहकर्मी मित्र , विभिन्न सामाजिक संस्थाहरुमा आवद्ध , श्री जगन्नाथ  डेडराज जनता माध्यमिक विद्यालय , बराहक्षेत्र-५,कालाबन्जार,सुनसरीका सहायक प्रधानाध्यापक श्री भिखन चौधरीकि ममतामयी माता कुस्मी  थरुनीको हिजो मिति २०८० कार्तिक ३ गते बेलुकी करिब ५:३० बजे ७७ वर्षको उमेरमा असामयिक निधनले असाध्यै मर्माहत तुल्याएको छ। 
यस दु:खद घडीमा शोकाकुल परिवार र आफन्तजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् र निज कुस्मी थरुनीको  आत्माले गोलोक प्राप्त गरून् भनि कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।

लालु चौधरी 
शिक्षक
श्री जगन्नाथ  डेडराज जनता मा. वि.
बराहक्षेत्र-५,कालाबन्जार, सुनसरी 

Post a Comment

Previous Post Next Post