हार्दिक समबेदना !!

 


इजरायलमा मिति २०८०/०६/२० गते शनिबार हमासको बम आक्रमणमा परि बराहक्षेत्र ११ मधुबन सुनसरीका राजेशकुमार स्वर्णकार सहित  कम्तिमा१० नेपाली विद्यार्थीको मृत्यु भएको खबरले अत्यन्त स्तब्ध बनायो । घाइतेको उपचार सहित सबै नेपालीको तुरुन्त उद्दार गर सरकार ।




हमासको आक्रमणमा परी इजरायलमा कैलालीका आशिष चौधरीसहित दस जना विद्यार्थीको मृत्यु
Rest In Peace to all departed souls

हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।

इजराइलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । यसको जाककारी परराष्ट्र मन्त्रालयलाई गराइएको उनले बताइन् । 'हामीले नचाहँदा नचाहँदै दु:खद खबर सुनाउनु पर्‍यो' उनले भनिन्,'घाइते विद्यार्थीहरुलाई तुरुन्त उपचारको प्रबन्ध गर्न इजराइलको सबै तहमा प्रयास गरेका थियौं । जुन सफल हुन सकेन ।'

एक जना बेपत्ता छन् । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । शनिबार बिहान ६ बजेदेखि ७ बजेको समयमा उनीहरु बसेको क्याम्पभित्र हमासका लडाकुहरु प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

ती विद्यार्थीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् ।
हार्दिक श्रद्धाञ्जली

सुदूरपश्चिम विश्वविद्यालय टिकापुर बहुमुखी क्याम्पस कृषि संकायका विद्यार्थी भाइवहिनीहरू इजरायल गएको वेला हमासको रकेट आक्रमणमा परेर मृत्यु भएको खबरले अत्यन्त दुखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्वान्जली😥
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना। 
यस दुखद घडीमा परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। देश र परीवारजनमा  पुगेको अपुर्णिय क्षेती प्रती गहिरो दु:ख ब्याक्त गर्दछौं ! 🥲


दसैंमा ती छोराछोरीका निधारमा राता मुसेका अक्षता र जमरा लगाउने सपना तिम्रो सपना नै भयो आमा,
कृषि प्रधान देशमा जन्मिएर पनि मरुभूमिको देशमा कृषि सिक्न जान बाध्य भएका तिम्रा छोराछोरीलाई प्रदेशले नै खायो आमा 😢😢
देशलाई नालायक नेता र भेडाहरुले कता तिर धकेल्न खोज्दैछन् खोइ हुन त सतिले सरापेको देश न पर्यो । आखिर कहिले सम्म युवाहरु बाकसमा आउनुपर्ने हो कहिले सम्म नागरिकले आत्महत्या र आत्मदाह गर्नु पर्ने हो? 😠
इजरायलमा रकेट बिस्पोटमा आफ्नो ज्यान गुमाउनु भएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली 😢

Post a Comment

Previous Post Next Post