विद्यार्थीको शोकमा सरकारले मंगलबार (असोज २३ गते) राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रीपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।

इजरायलमा मारिएका नेपालीहरुको सम्मानमा राष्ट्रिय शोकको घोषणा गरिएको हो । बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थलाभको कामनासमेत गरेको छ ।
मंगलबार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने, मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
त्यस्तै, बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय पनि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।
यसअघि शोक विदा भनिएपनि सञ्चारमन्त्रीले राष्ट्रिय शोक मात्र घोषणा गरेको जानकारी दिएकाले सच्याएका छौं।