No title

 २०५० सालबाट पाल्पा जिल्लाको राम नदी धाममा अवस्थित श्री राम माध्यमिक विद्यालयबाट निजी स्रोतमा सुरु भएको मेरो शिक्षण यात्रा २०५२ सालमा नि मा अस्थायी गणित विषय शिक्षकको रुपमा परिणत भो।फेरि २०५५ सालमा मा वि नेपाली अस्थायी शिक्षकको रुपमा कार्यरत हुन पुगेँ। २०५२ सालमा लिइएको शिक्षक सेवा आयोग परीक्षा उत्तीर्ण गरी कास्की जिल्लामा नि मा गणित विषय शिक्षकको रुपमा २०६० मंसिर १९ मा मिजुरेडाँडाको श्री प्रभात निम्नमाध्यमिक विद्यालयमा हाजिर हुन पुगे।२०६१ जेठ महिनामा कास्की जिल्लाको कास्कीकोटमा अवस्थित श्री अमर ज्योति निम्न माध्यमिक विद्यालयमा सरुवा भएँ।यसै बिचमा २०६३ सालको ५०% आन्तरिक परीक्षा उत्तीर्ण गरी मावि नेपाली विषय शिक्षकको रुपमा पाल्पा जिल्लाकै राम माध्यमिक विद्यालयमा स्थायी नियुक्ति लिएर हाजिर भए। तत्पश्चात फेरि सरुवा भएर हाल कार्यरत विद्यालय श्री   दर्लमडाँडा माध्यमिक विद्यालयमा २०६४ सालमा सरुवा भई पदस्थापन भए।

 तसर्थ आज बाट स्थायी सेवा सुरु गरेको ठिक २० वर्ष पुगेको छ। मैले सेवा गरेका हरेक विद्यालयहरूप्रति  र त्यहाँ कार्यरत रहँदा सहयोग गर्ने प्र अ,शिक्षक स्टाफ अभिभावक सबै प्रति उच्च सम्मान प्रकट गर्दछु। मैले शिक्षा दिएका विद्यार्थीहरुलाई फेरि एकपटक अन्तर हृदयदेखि नै स्मरण गर्न चाहन्छु र उनीहरूको उज्ज्वल भविष्यको कामना समेत गर्दछु।

 म शिक्षण सेवामा कार्यरत रहँदा प्रविधिमैत्री शिक्षक समाज नेपाल नामक संस्था स्थापना गरी देशभरिका आदरणीय गुरुजनहरूसँग परिचित हुने अवसर समेत प्राप्त भयो। संस्था स्थापना गर्न दिलोज्यानले खट्नु हुने सम्पूर्ण अभियन्ता मित्रहरु प्रति हार्दिक हार्दिक सम्मान प्रकट गर्दछु। 

   २०८०/०८/१९

Post a Comment

Previous Post Next Post