बिन्दु !
न लम्बाइ, न चौडाइ, न उचाइ
न क्षेत्रफल, न आयतन तिम्रो
मानौं,
सुदुर खगोलमा देखिने
कुनै ताराविन्दुजस्तो ।
बगरमा भेटिने बालुवाको
सूक्ष्म कणजस्तो ।
सुक्ष्मदर्शक यन्त्रले हेर्दा मात्र देखिने
कुनै जिवकोषजस्तो ।
अझै भनौं?
प्रेमको मसिनो सियोले
मुटुमा चस्स कोपेको थोप्लोजस्तो ।
तर तिमीविना
अपूर्ण छ जिन्दगीको रेखाशास्त्र ।
र तिमीविना
अपूर्ण नै हुँदो रहेछ जिन्दगी पनि ।।
२०८०/८/२५