मोबाइल नहेरेर के हेर्नू ???

 






शिक्षकले स्कुलमा मोबाइल मात्र हेरिरहन्छ भनेर आरोप लगाउनेहरुले एक पटक यो पढ्नु होला।

१. पाठ्यक्रम मोबाइलमै छ।

२. पाठ्यपुस्तक पनि मोबाइलमै छ।

३. अडियो भिडियो सामग्री पनि मोबाइलमै छ।

४. सिकाइ सामग्रीको फोटो, तस्बिर, चित्र पनि मोबाइलमै छ।

५. डिक्सनरी, इन्साइक्लोपेडिया पनि मोबाइलमै छ।

६. आफुले गरेका नोट टिपोट, बुँदा टिपोट पनि मोबाइलमै छ।

७. नजानेको कुरा खोजिगर्ने नेपाली शब्दकोष, गुगल, chatjpt, wordwall, लगायत विभिन्न learning portal पनि मोबाइलमै छ।

८. देश बिदेशको घटना, समाचार थाह पाउने अनलाइन पत्रीका, टिभी पनि मोबाइलमै छ।

९. स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई, मानव स्रोत विकास केन्द्रले जारी गरेको सुचना, जानकारी र निर्देशन पनि मोबाइलमै छ।

१०. अनि एक्काइसौं शताब्दीको सबभन्दा ठूलो उपलब्धि "सूचना प्रविधि"को पहिलो आधार ईन्टरनेट/इमेल मोबाइलमै छ

अनि मोबाइल नहेरे के हेर्नू ?

# तर यो पनि साँचो हो कि केहि शिक्षकहरू विद्यालयमा यी सन्दर्भभन्दा अन्य विषयहरूमा पनि व्यस्त पक्कै छन् । 

CP.

Post a Comment

Previous Post Next Post