शिक्षकले प्रयोग गर्नु पर्ने वेब साइटहरू के के छन त?
अहिलेको डिजिटल युगमा शिक्षक हरूले विद्यार्थीलाई आकर्षित गरि प्रभावकारी अध्यापन गराउन, आफ्नो पेशागत क्षमता वृद्धि गर्न साथै प्रविधिको सदुपयोग र आफ्नो सृजनशीलताको उपयोग गरि सहजै कमाउन सक्ने धेरै वेबसाइटहरू बनेका छन् | यस लेखमा हामी तिनै शीर्ष वेबसाइटको चर्चा गर्नेछौँ, जसलाई शिक्षकहरूले आफ्नो सहयोगीको रुपमा सहजै अनि निशुल्क प्रयोग गर्न सक्नुहुनेछ |
१. PBS लर्निङ मिडिया (pbslearningmedia.org)
PBS लर्निङ मिडिया शिक्षकहरूका लागि शैक्षिक सामग्रीहरूको भण्डार हो भन्दा केही फरक पर्दैन । पाठ योजना देखि कक्षामा गराउन सकिने अन्तरक्रियात्मक गतिविधि समावेश भएको यस वेबसाइट सान्दर्भिक शैक्षिक सामग्रीहरूको एक विशाल संग्रह हो।
२. एड्यूटोपिया (edutopia.org)
एड्यूटोपिया, जर्ज लुकास एज्युकेशन फाउन्डेसनको एक पहल हो, जसलाई नवीन शैक्षिक रणनीतिहरूको लागि एक केन्द्र मान्ने गरिन्छ। यस वेबसाइटमा परियोजना आधारित सिकाइ सामग्री (project-based learning), सामाजिक – भावनात्मक शिक्षा (social-emotional learning), र प्रविधि सम्बन्धी लेख, भिडियो तथा खोजपत्र उपलब्ध छन् |
३. स्कोलास्टिक (scholastic.com)
प्राय शिक्षकहरूको सारथि बनेको स्कोलास्टिक, शिक्षकहरूका लागि अनगिन्ती स्रोतले भरिएको छ। आवश्यक पुस्तकहरूको सूची, पाठ योजना मात्रै नभई स्कोलास्टिक ले पढ्नको लागि बुक क्लब, पुस्तक मेला, तथा शैक्षिक म्यागेजिन समेत उपलब्ध गराएको छ | जसले गर्दा शिक्षकहरूलाई नियमित अध्ययनको लागि प्रेरणा मिल्दछ |
४. खान एकेडेमी (khanacademy.org)
खान एकेडेमीले विद्यार्थीहरूले सिक्ने र शिक्षकले पढाउने कुरा ( अध्ययन – अध्यापन ) मा क्रान्ति नै गरेको छ भन्दा फरक पर्दैन | प्राय सबै विषयको निशुल्क अनि उच्च गुणस्तरको भिडियो सामग्री, अभ्यासको लागि टन्नै प्रश्नहरू उपलब्ध भएको यस वेबसाइट शिक्षक मात्र नभई विद्यार्थीको पनि रोजाइमा पर्ने गर्छ |
५. टिचर्स पेइ टिचर्स (teacherspayteachers.com)
सिक्ने, सिकाउने अनि कमाउने जोस जागर भएका शिक्षकहरूका लागि टिचर्स पेइ टिचर्स (TpT) गज्जबको प्लेटफर्म हो | जसले शिक्षकहरूले शैक्षिक सामग्री बनाएर वेबसाइट मार्फत बिक्री गर्न तथा आफूलाई आवश्यक सामग्री खरिद गर्नको लागि अवसर प्रदान गर्दछ । साथै पाठ योजना, कक्षाकोठा व्यवस्थापनको लागि आवश्यक सामग्री समेत प्राप्त गर्न सकिने यस प्लेटफर्म शिक्षकहरूको लागि साझा चौतारी जस्तै बनेको छ |
आफ्नो क्षमता विकास गरि शैक्षिक क्षेत्रमै लागेर आफ्नो लागि, विद्यार्थीको लागि तथा समग्र राष्ट्रकै लागि योगदान गर्न यी र यस्तै प्लेटफर्मको भरपुर उपयोग गरौ | हामि उड्नु पर्छ, संगै विद्यार्थीलाइ पनि उडाउनु पर्छ, उनीहरूको गन्तव्य सम्म पुर्याउनु पर्छ |
धन्यवाद
धन्यवाद सर
ReplyDelete