आज मिति २०८० माघ १ गते सोमवार माघे सङ्क्राँतिको चिसो दिनमा प्रविधिमैत्री शिक्षक समाज सुनसरी र मोरङ्गको संयुक्त आयोजनामा माघे सङ्क्राँँति शुभकामना आदानप्रदान तथा अन्तरकृयात्मक कार्यक्रम गरियो ।
श्री जनता माध्यमिक विद्यालय ,इटहरीमा आयोजना गरिएको सो कार्यक्रम प्रविधिमैत्री शिक्षक समाजका परिकल्पनाकार तथा वर्तमान केन्द्रिय अध्यक्ष श्री भुपती बश्यालको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो भने कार्यक्रमको सभापतित्व प्रविधिमैत्री शिक्षक समाज सुनसरीका अध्यक्ष श्री विष्णुप्रसाद दाहालले गर्नुभएको थियो ।
कार्यक्रममा माघे सङ्काँति शुभकामना आदानप्रदान गरिनुका साथै प्रविधिमैत्री शिक्षक समाज नेपालको वर्तमान अवस्था, चुनौती र भावी रणनीतिका बारेमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा श्री छत्रपती दहालले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको औचित्यमाथी प्रविधिमैत्री शिक्षक समाज , कोशी प्रदेश उपाध्यक्ष श्री इन्दिरा कटुवालले प्रकाश पार्नुभएको थियो ।