श्री जलदेवी आधारभूत विद्यालयले २५ औँ वार्षिक उत्सव सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई।

 नगरकै कान्छो मध्येको एक सामुदायिक विद्यालय श्री जलदेवी आधारभूत विद्यालयले २५ औँ वार्षिक उत्सव सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई!!



सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं  २ जब्दिमा रहेको नगरपालिकाकै कान्छो मध्यको एक सामुदायिक बिद्यालय जलदेवि आधारभुत बिद्यालयले आफ्नो २५ अौ बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ । बुधवार बिद्यालयले अौपचारिक कार्यक्रम आयोजना गरेर बार्षिक उत्सब तथा अभिभावक दिबस मनाएको हो ।



कार्यक्रममा कोशी प्रदेश सभाकी सदस्य माननीय ममता तामाङ्गको प्रमुख आथिथ्यता रहेको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत देबेन्द्र मल्ला , वडा नं २ का अध्यक्ष होम गौतम , आदर्श माबिका प्रध्यानाध्यापक लक्ष्मीप्रसाद लिम्बू ,कौशीका आधारभुत बिद्यालयका प्रध्यानाध्यापक कासीनाथ वराल , विपि आधारभुत बिद्यालयका प्रध्यानाध्यापक गोकुल गुरागाई , आदर्श माबिका पुर्व प्रध्यानाध्यापक प्रल्लाद भट्टराई , ज्ञानबहादुर पाण्डे , समाजसेवि मनोज पौडेल विशिष्ट अतिथि रहेका थिए ।  कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ब अध्यक्षहरु , समाजेबिहरु , चन्दादाताहरु , अक्षणकोष दाता लगाए अतिथि रहेका थिए ।



कार्यक्रममा उत्कृष्ट शिक्षक रुपमा रमिता कट्वाललाई , सहयोगी संस्थाको रुपमा चतरा सामुदायिक बहुउदेश्यीय सहकारी संस्थालाई , सहयोगी व्यक्तित्व ग्रामिण समाज उर्थान केन्द्रकी कर्मचारी रंजिता राई र पुष्ता चौधरीलाई र असल अभिभाबको रुपमा शान्ता राउत र शर्मिला भुजेल लाई सम्मान गरिएको थियो ।










बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कार्कीको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा बिद्यालयका प्रध्यानाध्याकप नरकुमार राईले बिद्यालयको आर्थिक बर्ष २०८९/०८० को आय/ व्यय तथा भावि योजना प्रस्तुत गरेका थिए । 

कार्यक्रमको सञ्चालन शिक्षिक विष्णुकुमारी राई र सिताराम बस्नेतले गरेका थिए । कार्यक्रममा बिद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । २०५५ सालमा स्थापना भएको उक्त बिद्यालय वराहक्षेत्र नगरपालिकै कान्छो बिद्यालय हो ।

Post a Comment

Previous Post Next Post