हिजो मिति २०८० माघ ४ गते बिहिवारलाई ऐतिहासिक बनाउदै बराहक्षेत्रका शिक्षकहरुले आफू र आफ्ना कक्षाकोठा प्रविधियुक्त बनाउन बराहक्षेत्रमा प्रविधिमैत्री शिक्षक समाजको गठन गरेका छन।
प्रविधिमैत्री शिक्षक समाज नेपालको प्राविधिक सहयोगमा शिक्षा तथा खेलकुद शाखा बराहक्षेत्रको अगुवाइमा सो समिती गठन गरिएको हो ।
श्री उत्तमकुमार सुवेदीको अध्यक्षतामा तत्काल ११ सदस्यीय प्रविधिमैत्री शिक्षक समाज नगर कार्यसमिति बराहक्षेत्र गरिएको हो ।
हालै गठन गरिएको सो समाजको पदाधिकारीहरु तपसिल वमोजिम रहेका छन:-
प्रविधिमैत्री शिक्षक समाज बराहक्षेत्र
१. अध्यक्ष : श्री उत्तमकुमार सुवेदी
२.उपाध्यक्ष :श्री दिलकुमारी राई
३.सचिव: श्री राजकुमार खड्का
४. सहसचिव: श्री पवित्रा देवि श्रेष्ठ
५.कोषाध्यक्ष : श्री हरि बस्नेत
६.सदस्य :श्री चण्डिराज कोइराला
७.सदस्य :श्री मनिशा राई
८.सदस्य : श्री पुनम घिमिरे
९.सदस्य :श्री देवेन्द्र बिष्ट
१०.सदस्य :श्री सम्झना नेपाली
११.सदस्य :श्री जयप्रकाश चौधरी
सोही अवसरमा लालु चौधरीको नेतृत्वमा ७ सदस्यीय प्रविधिमैत्री शिक्षक समाज बराहक्षेत्रको प्राविधिक समिति पनि गठन गरिएको छ। सो समितिका पदाधिकारीहरु देहाय वमोजिम रहेका छन:-
१. संयोजक:श्री लालु चौधरी
२. सदस्य :श्री दीपनारायण धामी
३. सदस्य : श्री नैनकला अधिकारी
४. सदस्य :श्री चेतनाथ भट्टराई
५. सदस्य :श्री कमल कुमारी तामाङ
६. सदस्य :श्री सुरेन्द्र साह
७. सदस्य :श्री हिम बहादुर कार्की
बराहक्षेत्र शिक्षा तथा खेलकुद शाखाका अधिकृत श्री उत्तम भारतीको अध्यक्षता, प्रविधिमैत्री शिक्षक समाजका केन्द्रिय अध्यक्ष श्री भुपती बश्यालको प्रमुख आतिथ्यता तथा प्रशासकीय प्रमुख श्री देवेन्द्रबहादुर मल्लको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रबिधिमैत्री शिक्षक समाज नेपाल प्राविधिक समिती संयोजक श्री घनश्याम अधिकारी तथा प्रदेश सचिब श्री छत्रपति दाहाल एवम् सुनसरी अध्यक्ष श्री बिष्णुप्रसाद दाहाल लगायत शिक्षकका पेशागत घटकका नेतृत्व गणहरुको गरिमामय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई श्री सकुन्तला गुरागाइँ कोइरालाले सन्चालन गर्नुभएको थियो ।