पाँचौँ राष्ट्रपति रनिङ सिल्ड श्री जगन्नाथ डेडराज जनता माविको पोल्टामा!!

        


बराहक्षेत्र नगरपालिकाले आयोजना गरेको पाँचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र ५ सुनसरी प्रथम भएको छ।


       बराहक्षेत्र नगरपालिकाले आयाेजना गरेकाे पाँचाै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  स्वर्ण पदक १२ रजत पदक ९ र कास्य पदक ६ वटा सहित विद्यालयलाइ प्रथम स्थान हासिल गरेको हो।




         श्री जगन्नाथ जनता माध्यमिक विद्यालयले यो राष्ट्रपति रनिङसिल्डमा प्रथम स्थान हासिल गरेको यो तेस्रो पटक हो। यसअघि सञ्चालन भएको प्रथम र दोस्रो राष्ट्रपति रनिङ सिल्ड पनि यस विद्यालयले हात पारिसकेको थियो।


    श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयलाई प्रथम स्थान हासिल गराउन सफल सम्पूर्ण खेलाडी विद्यार्थीहरू; खेल शिक्षकहरू तथा खेलमा खटिनुहुने र खेलप्रति हौसला जागृत गराउनुहुने सम्पूर्ण शिक्षक तथा कर्मचारिहरू एवं प्रत्यक्ष वा परोक्ष रूपमा विद्यार्थी एवं विद्यालयलाई सहयोग गर्ने सम्पूर्ण अभिभावकहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरुज्यूहरू लगायत सम्पूर्णमा  विद्यालय प्रशासन हार्दिक बधाई ज्ञापन गर्दछ।



              बराहक्षेत्र नगरपालिकाले आयाेजना गरेकाे पाँचाै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  स्वर्ण पदक ६ रजत पदक ६ र कास्य पदक ११ वटा सहित विद्यालयलाइ द्वितीय स्थान हासिल गराउन सफल सम्पूर्ण खेलाडी विद्यार्थीहरू; खेल शिक्षकहरू तथा खेलमा खटिनुहुने सम्पूर्ण शिक्षक तथा कर्मचारिहरू विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघका पदाधिकारिज्यूहरू प्रधानाध्यापकज्यू लगायत सम्पूर्णमा श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयहार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।





       ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ वराहक्षेत्र नगरपालिका खेलकुद बिकास समितिद्वारा आयोजित गत शनिवारबाट सुरु भएको पाचौं अन्तरमाध्यमिक बिद्यालयस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता २०८०को  उपाधि श्री जगन्नाथ डेडराज जनता माध्यमिक बिधालय बराहक्षेत्र–५, कालाबंजारले प्राप्त गरेको हो।
दोस्रो आदर्श माध्यमिक बिधालय चतरा  र तेस्रो मोहन माध्यमिक विद्यालय मधुवन भएको छ । 
 प्रथम स्थान हासिल गर्ने श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयलाई रु. ३० हजार, दोस्रो स्थान हासिल गर्ने श्री आदर्श माध्यमिक विद्यालयलाई रु. २० हजार र तेस्रो स्थान हासिल गर्ने श्री मोहन माध्यमिक विद्यालयलाई रु.१० हजार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ। सो खेल बराहक्षेत्र–७ मा रहेको श्री बसन्त ऋतु माध्यमिक विद्यालयको खेल मैदानमा हुदै आएको थियो ।





































Post a Comment

Previous Post Next Post