जगन्नाथ डेडराजमा साइबर क्राइम सचेतना कार्यक्रम सम्पन्न

  


आज मिति २०८० साल माघ १९ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीद्वारा श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र ५ कालाबञ्जार सुनसरीमा प्रहरी समुदाय साझेदारी कार्यक्रम सञ्चालन गरियो।

   प्रधानाध्यापक श्री हिरामणि पौडेल अध्यक्षतामा सञ्चालित सो कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष श्री रोहित काफ्ले, विशिष्ट अतिथिहरु एनटिभी इटहरीका प्रबन्धक डा. राजेन्द्र प्रसाद तिमलसिन्ना र इलाका प्रहरी चक्रघट्टीका कार्यालय प्रमुख प्रहरी निरीक्षक श्री रामप्रसाद तिमल्सिनाको उपस्थितिमा सम्पन्न गरियो।

कक्षा ११ र १२ का विद्यार्थीहरूलाई साइबर क्राइमबारे सचेतना दिने उद्देश्यले प्रहरी निरीक्षक श्री रामप्रसाद तिमल्सिनाले नेट इन्टरनेटका फाइदा र बेफाइदा बारे जानकारी दिनुभएको थियो।


       सो कार्यक्रममा ओरेक नेपालका सुनसरी जिल्ला अध्यक्ष श्री बिमला घिमिरेको पनि उपस्थिति रहेको थियो।

लैङ्गिक हिंसा अन्त्यको सुनिच्छता महिला र बालबालिका लगानीमा ऐक्यबद्धता नाराका साथ ३२ औँ हिंसा विरुद्धको १६ दिने अभियानमा समुदाय स्तरमा सचेतना मूलक नाटक प्रदर्शनीमा उल्लेखनीय योगदान पुर्‍याउनुहुने यस विद्यालयका विद्यार्थीहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो।


कार्यक्रममा वडाध्यक्ष श्री रोहित काफ्लेले भरौलको विगत र वर्तमान चुनौतीहरूलाई औल्याउनु भएको थियो।


   सो कार्यक्रमलाई श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयका वरिष्ठ सहायक प्रधानाध्यापक श्री योगराज पौडेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमलाई शिक्षक श्री राजकुमार खड्काले सञ्चालन गर्नुभएको थियो।

























































































Post a Comment

Previous Post Next Post