विद्यार्थीहरूको सोचमा परिवर्तन गर्न सक्नु नै वास्तविक शिक्षा हो।

 बिद्यालय बाहिर पानी परिरहेको थियो, भित्र सातौं घण्टीको कक्षा चलिरहेको थियो । पानी नरोकिए सम्म कक्षा कोठाबाट निस्कन संभव थिएन, त्यसैले समय बिताउन शिक्षकले बच्चाहरूलाई सोधे- यदि मैले तिमीहरु सबैलाई १००-१०० रुपैयाँ दिएँ भने तिमीहरुले के गर्छौ ? के किन्छौ ?



एउटाले भन्यो- म भिडियो गेम किन्छु..

अर्कोले भन्यो- म मिठाईको बट्टा किन्छु..

कसैले भने- म बहिनीको लागि गुडिया किन्छु.. 

कसैले भने - म धेरै चकलेट किन्छु.....आदी


तर एउटा बच्चा सोचमा मग्न थियो ।

शिक्षकले सोधे- तिमी के सोच्दै छौ ? के किन्ने बिचार गर्दैछौ ?


त्यो बच्चाले भन्यो- सर ! मेरी आमाले आँखा कम देख्नुहुन्छ, त्यसैले म आमाको लागि चस्मा किन्छु !


शिक्षकले सोधे- तिम्रो बुवाले आमाको लागि चस्मा किन्न सक्नुहुन्छ, किन तिमीले किन्नु पर्ने ?


बच्चाले भन्यो- मेरो बाबा अब यो संसारमा हुनुहुन्न, मलाई मेरी आमाले अर्काको लुगा सिएर हुर्काउनु भयो, पढाउनु भयो, अहिले दृष्टि कमजोर भएकाले राम्रोसँग लुगा सिलाउन सक्नुहुन्न । आमाको हात नचले हामी दुई जनाको चुल्हो जल्दैन, त्यसैले म आमालाई चस्मा दिन चाहन्छु, ताकि आमाको काम सहज होस्, चार पैसा आम्दानी भई रहोस् अनि म राम्रोसँग पढ्न सकूँ, म ठूलो मान्छे बन्न सकूँ र आमालाई मैले खुशी दिन सकूँ ।


( बच्चाको जवाफले शिक्षकको घाँटी भरियो )


शिक्षकले भने- बाबु तिम्रो सोच नै तिम्रो कमाई हो, लौ यो १०० हैन २०० रुपैयाँ । यो २०० रुपैयाँ ऋण स्वरुप दिन्छु । जहिले तिमी कमाउने हुन्छौ, तब फिर्ता दिनु, म चाहन्छु, तिम्री आमाको स्वास्थ्य र तिम्रो हौसला अटुट रहोस्, यति ठूलो मान्छे बन्नु कि तिम्रो नाम सुनेर म गर्वले फुल्न सकूँ ।


२० वर्ष पछि.....


एक दिन विद्यालयमा उनै शिक्षकको शिक्षासेवाबाट निवृत्त हुने स्वागत समारोह थियो । एक्कासी शिक्षा अधिकारीको सरकारी गाडी आएर बिद्यालय अगाडी रोकियो, विद्यालयका शिक्षक कर्मचारी भेला भएर हतार हतारमा नमन, स्वागत गरे ।


शिक्षा अधिकारीले गह भरी आँशु लिएर  एक बृद्ध शिक्षकको खुट्टा छुन पुगे, आफ्नो खुट्टा छोएको देखेर ति बृद्ध शिक्षक अलमल्ल परे । अरु शिक्षकहरु पनि दंग परेर सोधे- के गर्नु भएको सर ?


ति शिक्षा अधिकारी बृद्ध शिक्षक तिर फर्केर भन्छन्- सर, मैले बीस वर्ष अगाडी आमाको चश्माका लागि तपाईं संग लिएको २०० रुपैयाँ फिर्ता गर्न आएको हुँ ।


बिद्यालयका सम्पूर्ण कर्मचारी चकित ! एक क्षण सन्नटा छायो ।


बूढा शिक्षकले बल्ल चिने र अंगालोमा हालेर रोए ।.....अनि आफ्ना जवान शिक्षकहरुलाई भने-


साथीहरु-

*प्रसिद्ध हुनुहोस् तर घमण्ड नगर्नुहोस्।*

*सरल हुनुहोस्, कमजोर नबन्नुहोस्।*

Post a Comment

Previous Post Next Post