केन्याको प्रसिद्ध धावक अबेल मुताई ओलम्पिक प्रतियोगिताको अन्तिम चरणमा दगुर्दा उनी अन्तिम रेखाभन्दा केही मिटर पछाडि थिए । उनका बाँकी प्रतिस्पर्धीहरू पछाडि नै थिए । अबेलले स्वर्ण पदक जितिसकेका थिए तर भुलवश अन्तिम रेखा सम्झेर अलि परै उभिए । उनका पछाडि आइरहेका स्पेनेली धावक इभान फर्नान्डिसले बुझे । अबेलले भुलवश अन्तिम रेखा सम्झेर उभिएका छन् । उनले कराउँदै अबेललाई अगाडि जान भनी रहेका थिए । तर अबेलले स्पेनिस भाषा नबुझेकोले त्यहीँ उभिई रहे । अन्त्यमा इभानले उसलाई धकेल्दै अन्तिम रेखामा पुर्याइदिए । यसैले अबेल प्रथम र इवान दोश्रो भए ।
सबै दर्शक अवाक !
पत्रकारहरूले इवानलाई सोधे, - "तपाईँले यस्तो किन गर्नु भयो ? अवसर पाउँदापाउँदै तपाईँले जितेको स्वर्ण पदक किन गुमाउनु भयो ?"
इवानले भने, - "मेरो सपना छ कि एक दिन हामीले यस्तो मानव जाति बनाओैँ, जसले एकअर्कालाई सहायता गर्नेछ । न कि उसको भूलको फाइदा उठाउने छ । म प्रथम स्थानमा थिइनँ।"
पत्रकारले फेरि सोधे, - "तर केन्याका प्रतिस्पर्धीलाई धकेलेर अगाडि ल्याउनु भयो ?"
इभानले भने - "उनी प्रथम नै थिए, यो प्रतियोगितामा प्रथम स्थान उनकै हो ।" पत्रकार - "तपाईँले स्वर्ण पदक जित्न सक्नुहुन्थ्यो ।"
इभान - "तपाईँले सोच्न सक्नुहुन्छ त्यो जितको अर्थ के हुने थियो ? मलाई पदकको सम्मान प्राप्त हुन्थ्यो तर मैले मेरी आमालाई के भन्थेँ ? संस्कार यौटा पिँढीबाट अर्को पिँढीसम्म जान्छ । यो स्वर्ण पदकलाई मैले यसरी जितेर मैले आउने पिँढीलाई के सन्देश दिने थिएँ ? अरूको दुर्बलता र अज्ञानताको फाइदा नउठाउँदै उसलाई सहयोग गर्ने शिक्षा मेरी आमाले मलाई दिनु भएको छ ।" (साभार)