तिमी नोकर होइन ,मालिक बन ।

 प्रिय विद्यार्थी,

तिमी नोकर होइन, मालिक बन । जुन विद्यार्थीले म आफू मालिक हुँ भन्ने थाहा पाउछ। उसलाई कसैले 'पढ' भन्नु पर्दैन ।ऊ आफै पढ्छ। उसलाई कसैले 'लेख' भन्नु पर्दैन। ऊ आँफै लेख्छ। उसलाई कसैले 'सबेरै उठ' भन्नु पर्दैन । ऊ सबेरै आफै उठ्छ। उसलाई कसैले 'गृहकार्य गर' भन्नु पर्दैन । ऊ आफै गृहकार्य गर्छ। किनकि मालिकलाई थाहा हुन्छ। आज म जे गर्दैछु । त्यो अरु कसैको लागि होइन। मेरा लागि गर्दैछु। जुन विद्यार्थीलाई स्कुल तहमै नोकर बन्ने बानी परेको हुन्छ। ऊ वास्तविक जीवनमा कदापी मालिक बन्न सक्दैन । उसले सधैं अरुको आदेश पर्खिरहन्छ । तर जसलाई स्कुल लेभलमै मालिक बन्ने बानी परेको हुन्छ । ऊ वास्तविक जीवनमा कदापी अरूको दास बन्दैन। ऊ आफ्नो जीवनको मालिक आफै बन्छ । 



प्रिय विद्यार्थी, 

तिमी आज कसैको लागि होइन । आफ्नो लागि पढ्दै छौ । तिमी एक पटक आफैले आफैलाई हेर त, अब तिमी बच्चा छैनौ र तिमी नबुझ्ने पनि होइनौ यसर्थ आफ्नो लगाम अरुको हातमा नदेऊ। आफ्नो जिम्मेवारी लेऊ र मान्छे बन्नुको परिचय देऊ। 🙏


Post a Comment

Previous Post Next Post