वडा नम्बर ५ मा रहेको ज्योति माध्यमिक विद्यालयको माध्यमिक विद्यालयको ५५औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
ज्योति माध्यमिक विद्यालयको ५५औ वार्षिक उत्सव तथा अभिभावक दिवसमा विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य र समेत प्रस्तुत गरेका थिए।
इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर विक्रम शाहको अध्यक्षतामा कार्यक्रम गरिएको थियो।
विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा उपमहानगरपालिकाले सहयोग गर्ने इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले बताउनुभयो। विद्यालयलाई शैक्षिक सुधारदेखि गुणस्तरमा जोड दिएर अगाडि बढ्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरविक्रम शाहले बताउनुभयो।
विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक चिरंजीवी भट्टराईले प्रस्तुत गर्नुभएको थियो। विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिमा विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन गर्ने प्रविधिमैत्री शिक्षण सिकाइका लागि स्मार्ट बोर्ड युक्त कक्षा कोठा बनाउने शिक्षकहरुका लागि तालिमको व्यवस्था गर्ने विद्यालयको भावी योजना रहेको प्रधान अध्यापक भट्टराईले बताउनुभयो।
विद्यालयलाई सहयोग गर्ने दाता विद्यालयका शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको थियो। प्रणाली विद्यालयलाई शिक्षा क्षेत्रमा सहयोग गर्ने वडाध्यक्ष भीष्मकुमार घिमिरेले बताउनुभयो।
सो वार्षिक उत्सवमा विद्यालय व्यवस्थापन समिति महासङ्घका इटहरी नगरका अध्यक्ष रुद्र बहादुर बस्नेत, पकली माध्यमिक विद्यालयको विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद ढकाल, इटहरी उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख द्रोण प्रसाद दाहाल, विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व वडा अध्यक्ष कल्याणबहादुर कार्की इटहरी ५ का वडा सदस्य गोपाल गिरी, सामुदायिक विद्यालय व्यवस्थापन महासंघका समितिका केन्द्रीय सचिव तथा जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल, विद्यालयका शिक्षक अभिभावक, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि ,बुद्धिजीवी स्थानीय लगायतको सहभागिता रहेको थियो।