श्री महेन्द्र माध्यमिक विद्यालय तित्रीगाछीले ५१औं वार्षिकोत्सव तथा स्वर्ण जयन्ती उत्साहपुर्ण सम्पन्न गरेकोमा हार्दिक बधाई।!!

 

बराहक्षेत्रको महेन्द्र मा.बि तित्रीगाछीले ५१औं वार्षिकोत्सव तथा स्वर्ण जयन्ती उत्साह पुर्ण सम्पन्न गरेकोमा बधाई!!

10
SHARES

वराहक्षेत्र नगरपालिका वडा नं ७ तित्रीगाछिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयले आफ्नो ५१ औं वार्षिकोत्सव समारोह तथा स्वर्ण जयन्ती सम्पन्न गरेको छ ।


माघ १५ गतेदेखि सुरु भएको कार्यक्रम आज १९ गते शुक्रवार विद्यालयले औपचारिक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव समारोह तथा तथा स्वर्ण जयन्त्ती सम्पन्न गरेको हो ।


कार्यक्रममा नगर प्रमुख रमेश कार्कीको प्रमुख आथिथ्यता रहेको थियो ।



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम आचार्यको सभाध्यक्षयतामा आयोजना भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक फिरोज घिमिरेले विद्यालयको इतिहास र भावी योजना प्रस्तुत गर्दै विद्यालयको गतिविधि बारे जानकारी तथा आर्थिक वर्ष २०७९/०८० को आय/व्यय तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा साहयक प्रध्यानाध्यापक राजेन्द्र बस्नेतले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा विद्यालयको संवरण जयन्ती कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सहयोगि व्यक्तित्व , संघ , संस्थाहरुलाई सम्मान गरिएको थियो । भन्ने बिद्यार्थीहरुले स्वागत नृत्य सामुयिक सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले मार्चपास तथा नेवा समाज वराहक्षेत्र , मगर संघ वराहक्षेत्र , किरात राई यायोख्या र उराव समाज बराहक्षेत्रले आ- आफ्नो परम्परागत झाँकी प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यालयले प्रकाशन गरेको महेन्द्र स्मारिकाको समेत बिमोचन गरिएको थियो ।


यस अगाडि वार्षिकोत्सव समारोह तथा स्वर्ण जयन्त्ती – २०७९ सम्पन्न कार्यक्रमकै अवशरमा विभिन्न खेलकुद तथा शैक्षिक गतिबिधिमा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत , छात्रावृति , लोक नृत्य प्रतियोगिता , भलिबल प्रतियोगिता , चिल्ड्रेन पार्क , स्टेज उद्बघाटन लगाएका कार्यक्रम आयोजना सम्पन गरेको थियो ।

बि.स. २०२९ सालमा स्थापना भएको उक्त  विद्यालय वराहक्षेत्र नगरपालिकै प्रतिष्ठित सामुदायिक विद्यालयको रुपमा रहेको छ ।


Post a Comment

Previous Post Next Post