अभिभावक बर्गमा विशेष अनुरोध
कक्षा ८ र ५ का विद्यार्थीका अभिभावक बर्गमा विशेष अनुरोध !
बराहक्षेत्र नगरपालिकाले कक्षा ८ र ५ को नगरस्तरिय परीक्षा सन्चालन गर्ने सुचना गरिसकेको छ ! कक्षा ८ र ५ का विद्यार्थीको नाम, जन्ममिती, बुबाको नाम र आमाको नाम सहितका विवरण पछिसम्म फरक नपर्ने गरि विद्यालयले IEMIS software मा online entry गर्नु पर्ने हुन्छ ! जसका लागि विद्यार्थीको जन्मदर्ता आवस्यक पर्छ ! तर, विद्यार्थी भर्ना हुदाको बखत विद्यालयमा बुझाइएको जन्मदर्ता (नहुनेको हकमा सिफारिस) मा धेरै विद्यार्थीको देहाय अनुसारका समस्या देखिएको र सो कुरा विद्यालयले विद्यार्थीलाइ जानकारी गराउदा विद्यार्थीको उमेरका कारणले सबै कुरा नबुझ्ने, बुझेको कुरा अभिभावक समक्ष जस्ताको तस्तै पुर्याउन नसक्ने, कुरा पुग्दा पनि अभिभावकले यथार्त कुरा पाउन नसक्ने, पटक पटक विद्यार्थीलाइ भनिरहदा उनिहरुलाइ मानसिक तनाव हुने, विद्यालयले जन्मदर्ता नपाउदा फारम भर्न छुट हुने, उपलब्ध भएकै जन्मदर्ताको आधारमा फारम भरिदिदा विद्यार्थीको विवरण गलत हुने र पछि सच्च्याउन जटिल हुने, शैक्षिक प्रमाणपत्र र नागरिकतामा पछि विवरण फरक पर्ने अनि नानिहरुलाइ उच्च शिक्षा पढन वा रोजगरीमा भविष्यमा बाधा पर्ने लगायतका समस्या हुन सक्ने देखिएकाले नगरबाट प्रमाणित हुने शैक्षिक प्रमाणपत्रको शुरु अवस्था कक्षा ८ र ५ मा अभिभावकले आफ्ना नानिहरुको विवरण सहि र यथार्त भराउनु आवस्यक र अनिवार्य हुन्छ ! त्यसैले अभिभावक स्वयम् अनिवार्य विद्यालयमा आएर नानिहरुको विवरण रुजु गरि गराइ सच्याउनु पर्ने भएमा आवस्यक कागज ल्याइ सच्च्याइदिनुहुन अनुरोध छ !
---
विद्यालयमा प्राप्त भएका जन्म दर्ता र विवरणमा देखिएका मुख्य समस्या--
*जन्मदर्ता र ग्रेडसीटमा विद्यार्थीको speling सहितको नाम थरं र जन्ममिति नमिलेको,
*बुबा आमाको नाम र थर विद्यालयको अभिलेख अनुसार भन्दा केही फरक,
*नामको बिचमा हुने (दोस्रो नाम) जस्तै कुमार, प्रसाद, बहादुर, कुमारी--- नमिलेको,
*बुबा आमाको नाम थर नागरिकता र जन्म दर्तामा फरक,
*जन्मदर्तामा नेपालिमा एउटा र अङ्रेजिमा अर्को नाम, जन्म मिति भेटिएको,
*जन्मदर्ता नै नियमविपरित केरमेट गरि नाम मिति सच्याइएको,
*शुरुमा भर्ना हुदा पेस गरेको जन्मदर्ता प्रतिलिपी र अहिले पेस गरेको जन्मदर्ता प्रतिलिपी नै फरक परेको जसले गर्दा विद्यालयको अभिलेख सग नमिलेको,
*विद्यार्थी स्थानान्तरण भएर आउदा ल्याएको transfer certificate र जन्मदर्ता विवरणमा नै फरक परेको,
*जन्मदर्ता प्रतिलिपी नै नबुझिने भएको,
----
यस्ता समस्या समाधान अभिभावकले मात्र समाधान गर्न सक्नुहुन्छ, नानिहरुले कुनै निर्णय दिन सक्दैनन ! कतिपय अवस्थामा स्थानान्तरण भएर आएको विद्यालयको प्रमाण पत्र सच्याएर ल्याउनु पर्नेहुन्छ त कतिपय अवस्थामा जन्म दर्ताको विवरण नै सच्याउनु पर्ने हुन्छ ! अहिले भएका हातले लेखिएका जन्मदर्तामा भन्दा गापा/नपाबाट अनलाइन बाट print गरेर ल्याइएको जन्म दर्तामा धेरै त्रुटि आफै सच्चिने र यथार्त विवरण नै आउने भएकाले विद्यालयले सम्भव भएसम्म अनलाइन को १३ अङ्क सहितको जन्म दर्ता ल्याउन आग्रह गरेको छ ! यस्तो जन्म दर्ता भोलि हराएको अवस्थामा समेत पुन सोही विवरण भएको जन्मदर्ता नै प्रतिलिपी उपलब्ध हुन सक्ने भएकाले पछि सम्म नानिहरुको विवरण फरक पर्नेछैन !
---
यी सबै विवरण अभिभावक स्वयम् विद्यालयमा आइ लेखा शाखामा गएर विवरण रुजु गरिदिनुहुन र गलत भएको भए नियमानुसार सच्याउने प्रकृया अगाडि बडाइदिनुहुन अनुरोध छ !
Tags:
Article