बराहक्षेत्र नगरपालिकाद्वारा सञ्चालित हाजिरी जवाफ प्रतियोगितामा श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय प्रथम

  मिति २०८० फाल्गुण ११ गते शिक्षा तथा खेलकुद शाखा बराहक्षेत्र नगरपालिका सुनसरीको आयोजनामा सञ्चालन गरिएको माविस्तरीय हाजिरी जवाफ प्रतियोगिता मा श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र ५ सुनसरी प्रथम भएको छ। श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय को प्रतिनिधित्व गर्दै कक्षा १० मा अध्ययनरत छात्रद्वय श्री कञ्चन पौडेल र श्री केशव यादवले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति प्रदर्शन गर्दै सर्वाधिक अङ्क बटुलेर प्रथम स्थान हासिल गरेका हुन्।


श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयलाई पछ्याउँदै श्री सरस्वती माध्यमिक विद्यालय राजाबास दोस्रो स्थानमा र  श्री आदर्श माध्यमिक विद्यालय चतराले तेस्रो स्थान हासिल गरेको छ। यसैगरी श्री महेन्द्र माध्यमिक विद्यालय चक्रघट्टी ले चौथो स्थान हासिल गरेको छ। 




कार्यक्रममा श्री सरस्वती माध्यमिक विद्यालय बराहक्षेत्र ४, श्री महेन्द्र माध्यमिक विद्यालय बराहक्षेत्र ३, श्री कोशी माध्यमिक विद्यालय, श्री जनक माध्यमिक विद्यालय, श्री मोहन माध्यमिक विद्यालय लगायत १४ माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो।

श्री महेन्द्र माध्यमिक विद्यालय तित्रीगाछी का शिक्षक हरिनारायण भट्टराई ले सञ्चालन गर्नुभएको यस कार्यक्रमका सभापतित्व विद्यालयका प्रधानाध्यापक श्री फिरोज कुमार घिमिरेले गर्नुभएको थियो। शिक्षा तथा खेलकुद शाखा का शिक्षा अधिकृत श्री उत्तम भारती को प्रमुख आतित्यमा सञ्चालन भएको यस कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। विद्यालयका शिक्षकहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको यस कार्यक्रममा क्विज मास्टरद्वय सन्तोष घिमिरे र शकुन्तला कोइराला हुनुहुन्थ्यो। समयसुचकमा श्री अंशराम राई र पालो हेर्नेमा श्री सरिता बराल हुनुहुन्थ्यो। स्कोररको रुपमा श्री पुष्पा धामी रहनुभएको थियो। यस हाजिरी जवाफ प्रतियोगिता मा निर्णायकद्वय श्री लालु चौधरी (श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय) र श्री हरिबहादुर बस्नेत (श्री कोशी माध्यमिक विद्यालय) हुनुहुन्थ्यो।

कार्यक्रमलाई general round, pictorial round, rapid fire round र gambling round गरी ४ राउन्डमा सम्पन्न गरिएको थियो। विद्यार्थीका प्रतिभालाई प्रस्फुटन गराउन नगरपालिकाले यस प्रकारको अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको शिक्षा अधिकृत श्री उत्तम भारतीले जानकारी गराउँदै कार्यक्रम सञ्चालन  गरिएको थियो। कक्षा ९ र १० का अनिवार्य गणित र अतिरिक्त गणित का विषयवस्तुहरू समेटिने गरी प्रश्नहरू निर्माण गरिएको थियो। कार्यक्रमको दौरान सोधिएका प्रश्नहरूको अधिकांश उत्तर सहभागी विद्यार्थीहरूबाट प्राप्त भएको थियो। यसबाट बराहक्षेत्र भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरूको गणितप्रतिको रुचि र ज्ञान सन्तोषप्रद नै रहेको देखियो। 


























































































































क्षेत्रभित्रका माध्यमिक विद्यालयहरूमा नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट अध्यापन गरिने हुँदा यस प्रकारका कार्यक्रमहरूमा प्रश्न निर्माण गर्दा नेपालीका अतिरिक्त अंग्रेजी भाषामा पनि प्रश्न निर्माण गर्नुपर्ने देखियो। विद्यार्थीहरूले आफूले जानेका विषयवस्तु वा जवाफ को प्रस्तुतिकरणमा केही समस्या देखिएकोले कार्यक्रममा सामान्य विवाद बाहेक कार्यक्रम सफल रूपमा सञ्चालन भएको थियो। 

समानान्तर रूपमा यसै माध्यमिक विद्यालयमा कक्षा १-५ को पनि हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो। आधारभूत तहको कक्षा १ ५ को हाजिरी जवाफ प्रतियोगितामा श्री महेन्द्र मावि पितृगाछी ले प्रथम स्थान हासिल गरेको थियो। यसैगरी आधारभूत विद्यालय ले दोस्रो कोशी माध्यमिक विद्यालयले तेस्रो र महेन्द्र माध्यमिक विद्यालय चक्रघट्टीले चौथो स्थान हासिल गरेको थियो।

प्रथम स्थान हासिल गर्ने  विद्यालयका सहभागी विद्यार्थीहरूलाई नगद रु ३००० दोस्रो स्थान हासिल गर्ने विद्यालयका सहभागी विद्यार्थीहरूलाई नगद रु २००० तेस्रो स्थान हासिल गर्ने विद्यालयका सहभागी विद्यार्थीहरूलाई नगद रु १००० तथा प्रमाणपत्र प्रदान गरिएको थियो।


Post a Comment

Previous Post Next Post