ईश्वरीय सृष्टि भरकै, विकसित मानव
दिन दिन बन्दै किन, गईराको छौ दानव?
कुरा काटी समय मात्र, व्यतित गर्छौ किन?
गरि खान गाह्रो छ है, सोच एक छिन।
चामलमा वियाँ खोजे, जस्तै गरी गरी
अरूका गुण लुकाइ खोज्छौ, गल्ती कमजोरी।
असल गुण अरूका नि, हुन्छन् भनि सोच
मैं चलाख र सक्षम भनि, कदापि नसोच।
ढुंगा माटो एक आपसमा, पर्नै पर्छ भर
एक अर्काको अस्तित्वलाई, स्वीकार्ने गर।
अरूलाई सधैं दोष, दिनु भन्दा पहिले
आफ्नो अनुहार पनि, हेर्ने गर कहिले।
रात दिन बन्ने गर्छौ, शक्ति कै पूजारी
अरूलाई दुख दिने, गर्छौ घरिघरि ।
रचना: चन्द्रकला दवाडी
वौध्दिकता देखाऊ आफ्नो, गरि खाऊ हेर
तिम्रा कामले कोही दु:खी छन् , सोच एक फेर।
तिमी खुशी हौला ठीक छ, अरूलाई सताई
एक दिन तिम्रै मनले तिमीलाई, धिक्कार्ला नि कतै।