प्रधानाध्यापकको सन्देश!!

 २०८० फाल्गुण १८ गते शुक्रबार

प्रधानाध्यापकको सन्देश !


हातेमालो युवा समाज र बेथानचोक गाउँपालिका वडा म्बर २ द्वारा मिति २०८० फाल्गुणको पहिलो साता आयोजित बेथानचोक गाउँपालिका वडा नम्बर २ मा सञ्चालित सामुदायिक विद्यालयका अभिभावक लक्षित अभिभावक शिक्षा कार्यक्रममा विद्यालयको तर्फबाट अभिभावक समक्ष गरिएको अनुरोध ।


१. निःशुल्क शिक्षाको दुरुपयोग भयो। निःशुल्कका

नाममा सबै तिरबाट बालबालिकाको पठन पाठनको बेवास्ता भयो, विद्यालय सञ्चालनमा समेत कठिनाई भयो । अतः अभिभाकबाट शिक्षामा आधारभूत लगानी गरियोस्।अभिभावकको लगानी विद्यालयले अंग्रेजी माध्यमको सिकाइ प्रविधिको व्यवस्थापन,

बालमैत्री कक्षा व्यवस्थापन, शैक्षिक सामग्रीको

व्यवस्थापन गर्छौं र गुणस्तरीय शिक्षाको प्रत्याभूत

गछौँ ।

२. अभिभावकको चाहना बमोजिम अंग्रेजी

माध्यममा पढाउन तयार छौं। तर, अंग्रेजी माध्यमको पाठ्यपुस्तक शैक्षिक सत्रको शुरुमा नै अभिभावकले किनिदिनु पर्छ । नेपाली माध्यमको पाठ्यपुस्तकका लागि नेपाल सरकारले नै अनुदान उपलब्ध गराएको हुन्छ सो बमोजिमको पाठ्यपुस्तक विद्यालयले सबै विद्यार्थीको हात हातमा समायमा नै उपलब्ध गराउँछ ।

३. सक्नेले शुल्क तिरिदिनुहोस् नसक्नेका लागि

बाहेक नेपाली, सामाजिक, विज्ञान, गणित विषयमा

आधारभूत रुपमा सिक्नु पर्ने विषय वस्तु नसिकेका

कारण अपेक्षाकृत नतिजा ल्याउन सकेका छैनन् ।विद्यालयमा नियमित रुपमा पठन पाठन हुने

गरेको वा नगरेको जानकारी आफ्ना बालबालिकाबाट लिनुहोस् ।

४. नियमित कक्षा नभएको जानकारी प्राप्त

भएमा कक्षा शिक्षक, तहगत इन्चार्ज सहायक

प्रधानाध्यापकलाई फोन सम्पर्क गरी नियमित कक्षा

सञ्चालन हुन नसक्नुको कारण बारे जानकारी

लिनुहोस् ।

५. नतीजा प्रकाशनको समयमा मात्र आ-आफ्ना

बालबालिका जसरी कक्षा चढाइनु पर्छ भन्ने मान्यता राखेर शिक्षकलाई दबाब नदिनुहोस् । निरन्तर रुपमा कक्षा शिक्षक, विषय शिक्षक एवम तहगत इन्चार्ज सँग सम्पर्क गरी वा बारम्बार विद्यालयमा आई आफ्ना बालबालिकाको पढाइको प्रगतिको जानकारी लिनुहोस्, घरमा पढ्ने वातावरण सिर्जना गरिदिनुहोस्,आवस्यक परेमा थप कक्षा ( ट्युशन ) पढ्नका लागि वातावरण बनाइदिनुहोस् ।

६. संस्थागत विद्यालयमा पढ्दैमा गुणस्तरको

ग्यारेन्टी हुन्छ भन्ने छैन । संस्थागत विद्यालमा पढेर

उत्तिर्ण गरेको कक्षा भन्दा १-२ कक्षा चढाएर

सामुदायिक विद्यालयमा आफ्नो विद्यार्थी भर्ना गर्न

दबाब नदिनुहोस् । हाम्रो अनुभवले त्यसरी कक्षा

चढाइएका विद्यार्थी माथिल्लो कक्षामा अंग्रेजी विषय हरेक दिन बिहान बेलुका कति बेला तपाईंलाई समय मिल्छ कम्तिमा दुई घण्टा आफ्नो बालबालिका सँगै बस्नुस र गृहकार्य

गर्न लगाउनुहोस्, आज विद्यालयमा पढाइ भएका विषय वस्तु तपाईंलाई सुनाउन लगाउनुहोस्, बालबालिकालाई तपाईं जीवनका केही महत्वपुर्ण घटनाहरु छन भने सुनाउनुस, नैतिक शिक्षाका कुराहरु सुनाउनुस, हाम्रो सामाजिक मुल्य मान्यताका कुराहरु सुनाउनुस, जीवनमा सदैव राम्रो काम गर्न प्रेरणा दिनुहोस् ।

७. हरेक दिन बिहान बेलुका कति बेला तपाईंलाई

समय मिल्छ कम्तिमा दुई घण्टा आफ्नो बालबालिकासँगै बस्नुस र गृहकार्य गर्न लगाउनुहोस्, आजविद्यालयमा पढाइ भएका विषय वस्तु तपाईंलाई सुनाउन लगाउनुहोस्, बालबालिकालाई तपाईंको जीवनका केही महत्वपुर्ण घटनाहरु छन भने सुनाउनुस,नैतिक शिक्षाका कुराहरु सुनाउनुस, हाम्रो सामाजिक मुल्य मान्यताका कुराहरु सुनाउनुस, जीवनमा सदैव राम्रो काम गर्न प्रेरणा दिनुहोस् ।

८. बालबालकिकाले लेखाइलाई मात्र गृहकार्य

मान्ने गरेका छन् तर शिक्षकले पढ्ने पनि गृहकार्य दिनु भएको हुन्छ, बालबालिकाको घरमा पढ्ने बानी छैन ।यदि आज सर मिसले लेख्ने गृहकार्य दिनु भएको छैन भने भने पनि कम्तिमा १०-१५ मिनेट सबै विषयको आज विद्यालयमा पढाई भएको पाठ अनिवार्य पढ्न लगाउनुहोस् । जसले पठन सीपको थप विकास हुन गई विद्यालयमा पढाई भएको विषय वस्तु सम्झिन सजिलो हुन्छ । कहिले काहिं अगाडिका पाठहरु समेत पढ्न लगाउनुहोस् ।

९. कम्तिमा महिनामा एक पटक विद्यालय आउनुस

र हप्तामा एक पटक विषयशिक्षकलाई फोन सम्पर्क गरी आफ्ना बालबालकाको विद्यालयमा नियमितता,गृहकार्य गर्ने गरेको वा नगरेको साथै उसको उपलब्धिको नियमित जानकारी लिनुहोस् ।

१०. विद्यालयले विभिन्न समयमा कक्षागत रुपमा वा तहगत रुपमा वा विद्यालयका सबै अभिभावकका लागि अभिभावक भेला बोलाउने गर्छ सो दिन अनिवार्य विद्यालयमा उपस्थित हुनुहोस, विद्यालयका कुरा सुन्नुहोस र आफ्ना सुझावहरु खुलेर विद्यालय समक्ष राख्नुहोस ।

११. तीन वर्ष उमेर पुगेका बालबालिका मात्र बाल

सिकाई कक्षामा भर्ना गर्न ल्याउनुहोस, बाल बिकास कक्षाका बालबालिकाक लागि शुरुका दिनमा विद्यालय आउने बानी बसाल्ने, सरसफाइका आधारभुत सीप, बोल्ने बानीको विकास, साथी समुह निर्माण गर्ने सीप सिकाइने हुनाले पढाई लेखाइ भएन भन्ने गुनासो नगर्नुस। पाँच वर्षको उमेर पुरा भए पछि मात्र कक्षा एकमा भर्ना गर्न बालबालिका योग्य हुने भएकाले पाँच वर्ष पुरा हुन्जेल सम्मा पनि आधारभूत भाषा, गणित, सामाजिकीकरणका सिप सिक्न नसकेमा मात्र पढ्न लेख्न नसिकाएको गुनासो गर्नुहोस । कम्तिमा पनि पाँच वर्ष नलागेको विद्यार्थी कक्षा एकमा भर्ना गर्न बाध्य नगराउनुहोस ।

१२. विद्यालय बारेका गुनासा होटल पसलमा होइन

विद्यालयमा नै आएर व्यक्त गर्नुहोस । अभिभावकका सबै किसिमका गुनासाको सुनुवाई गरेर सक्दो जिम्मेवार बन्न प्रतिवद्ध छौं ।

सँग तुलना नगर्नुहोस, तपाईंको बालबालिका सँग

पनि कुनै न कुनै क्षमता छ सो क्षमता विकास गर्ने

उपयुक्त वातावरण सिर्जना गरिदिनुहोस । तपाईंको

छोरा छोरीले पनि कुनै न कुनै विधामा राम्रो गर्न सक्छ ।

१३. बालबालिका सँग बसेर शिक्षकको बारेमा

नकारात्मक कुराकानी, टीका टिप्पणी नगर्नुहोस बरु विद्यालयमा आएर सुझाव दिनुहोस ।

१४. घरमा बालबालिका सँग नम्र व्यवहार र शिष्ट

भाषाको प्रयोग गर्नुहोस। पहिलो संस्कार

बालबालिकाले घरबाट नै सिक्ने हो । घरायसी

वातावरण राम्रो भएको बालबालिका विद्यालयमा पनि अनुशासित, मेहेनती र पढाइमा राम्रो गर्ने हुन्छ । घरमा असल संस्कार नपाएको बालबालिका विद्यालयमा पनि विद्रोही स्वाभावको हुन्छ । विद्यालयमा नियमित हुँदैन पढाइमा राम्रो गर्दैन । सके सम्म आफ्नो बालबालिकालाई असल संस्कार घरमा नै सिकाउनुस। बालबालिकासँग नरिसाउनुस, गाली नगर्नुस बरु सकारात्मक रुपमा सुझाव दिनुहोस्, गलत काम नगर्न प्रेरणा दिनुहोस् ।

१५. मोबाइलको प्रयोग गर्न नदिने होइन, मोबाइलमा प्रशस्त सिक्ने कुराहरु भेटिन्छन । निस्चित समयमा मोबाइल प्रयोग गर्न दिनुहोस् । ज्ञान बर्द्धक भिडियोहरु, विषय वस्तु सँग सम्बन्धित सामग्री हेर्न प्रेरित गर्नुहोस । आफु मोबाइल चलाएर बालबालिकालाई गाली गरेर पढ नभन्नुहोस । तपाईंले मोबाइल चलाउँदा बालबालिका सँगै बसेर चलाउनुस। उसको पढ्ने समयमा मोबाईल नचलाउनुहोस ।

१६. आफ्ना बालबालिकालाई अरुका बालबालिका

हामी विद्यालयको तर्फबाट छात्रवृत्ति समेत उपलब्ध

गराउँछौं । तर घरमा आफ्ना बालबालिकाको पढाइको सुनिश्चितता अभिभावकले गरिदिनुहोस्, विद्यालय समयको जिम्मा हामी लिन्छौं ।

१७. विशेष कारण आफ्नो बालबालिका

विद्यालयमा उपस्थित हुन नसकेको दिन कक्षा

शिक्षकलाई फोन गरेर जानकारी दिनुहोस ।

१८. आफ्नो छोरा छोरी पढ्ने कक्षामा पढाउने सबै

शिक्षकको फोन नम्बर लिनुहोस र नियमित सम्पर्क

गरी आफ्नो छोरा छोरीको पढाइको प्रगतिको

जानकारी लिनुहोस ।

१९. विदाको दिनमा वा बालबालिकाले पढाइ

लेखाइको काम सके पछि घरायसी काममा समेत

संलग्न गराउनुहोस जसले उनीहरुलाई व्यवहारिक

बन्न, श्रम प्रति श्रद्धा गर्न सिकाउँछ । साथै संस्कारी र अनुशासित बन्न समेत प्रेरित गर्छ । तपाईंका

बालबालिकाले तपाईंको दुख सुख बुझ्ने अवसर

पाउँछन ।

२०. अन्त्यमा हाम्रो सम्पत्ति नै बालबालिका हुन्

| हामीले गरेका सबै सुख दुःख, परिश्रम उनीहरुकै

उज्ज्वल भविष्यको लागि हो । त्यसैले आज देखि नै हामी हाम्रो बालबालिकाको उज्ज्वल भविष्य

असल नागरुक निर्माणमका लागि हो त्यसैले

आज देखि नै हामी हाम्रो बालबालिकाको उज्ज्वल

भविष्य, असल नागरिक निर्माणका लागि सचेत

किन नबन्ने ? धन्यवाद ।


गोविन्द शर्मा, प्रधानाध्यापक

श्री पार्वती माध्यमिक विद्यालय, बेथानचोक-२ ढुंखर्क काभ्रेपलाञ्चोक


Post a Comment

Previous Post Next Post