साहसिक पदमार्गका लागि विद्यालयदेखि चपेटि सम्म स्काउटको यात्रा

 जगन्नाथ डेडराज जनता मा.वि.

बराहक्षेत्र ५, कालावञ्जार, सुनसरी

स्थाः २०१७

ज.डे.ज. स्काउट ट्रुपका विद्यार्थीहरुको मिति २०८०/११/१५ गते

भएको साहसिक पदमार्गका लागि विद्यालयदेखि चपेटि सम्म

स्काउटको यात्राको प्रतिवेदन - २०८०

प्रस्तोता

सविना वानिया

कक्षा ८, सेक्सन वि

ट्रुप लिडर

ज.डे.ज. स्कउट ट्रुप

जगन्नाथ डेडराज जनता मा.वि.

बराहक्षेत्र ५, कालावञ्जार, सुनसरी


बिषय सूची

१. अध्ययनको पृष्ठभूमी :

२. भ्रमणका उद्देश्यहरु :

३. अभ्ययन विधि:

४. अध्ययन अवलोकन भ्रमणका उपलब्धिहरु :

क) चपेटि:

५. भ्रमणका सबल पक्षहरु :

६. भ्रमणका दुर्बल पक्षहरु :

७. भ्रमणको निष्कर्ष र सुझाव :

क) भ्रमणको निष्कर्ष :

ख) सुझाव :

अनुसूची

क) सहभागि विद्यार्थीहरुको नाम


साहसिक पदमार्गका लागि विद्यालयदेखि चपेटि सम्म स्काउटको यात्रा

१) भ्रमणको पृष्ठभूमि

अवलोकन मनोरञ्जन र साहसिक क्रियाकलाप गर्ने उद्देश्यले जगन्नाथ डेडराज जनता मावि बराहक्षेत्र

५ कालाबन्जार सुनसरीबाट मिति २०८० फागुन १५ गतेका दिन हामी ज.डे.ज. स्काउट ट्रुपमा रहेका २५

जना विद्यार्थीहरू इलाम जिल्लाको चपेटीमा नेपाल स्काउट कोशी प्रदेश युवा परिषद्को आयोजना मा

सञ्चालन भएको साहसिक पदमार्गमा भएको भ्रमणको प्रतिवेदन हो। कोशी प्रदेशकै एक अग्रणी संस्था

भनेर यस विद्यालयलाई चिनिने गरिन्छ । यस विद्यालयले विगत ६४ वर्षदेखि यस क्षेत्रमा शिक्षाको

ज्योति फैलाउँदै आइरहेको छ । यस विद्यालयको शैक्षिक र भौतिक व्यवस्थापनमा प्रधानाध्यापक, शिक्षक

तथा कर्मचारीहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, अभिभावकहरू तथा

सम्बन्धित सरोकारवालाहरूसँगको सहकार्यमा व्यवस्थित रहेको छ । यस समयमा स्काउटलाई एक स्वयंसेवी

अन्तर्राष्ट्रिय संस्था को रूपमा चिनिन्छ । नेपाल स्काउट कोशी प्रदेश युवा परिषद्‌को आयोजनामा इलाम

जिल्लाको चपेटीमा साहसिक पदमार्ग कार्यक्रम आयोजना गरिएको सूचना प्राप्त भएपछि २०८० फाल्गुन

१५ गतेका दिन बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा रहेको जगन्नाथ डेडराज जनता मा.वि. बराहक्षेत्र

२ मा रहेको आदर्श मावि र बरा क्षेत्र १ मा रहेको आइरिस इङ्लिस बोर्डिङ स्कुल का ७० जना विद्यार्थीहरू

दुईवटा बसमा उक्त स्थानतर्फ प्रस्थान गरेका थियौँ। हामीले भ्रमणका लागि प्रवेश शुल्क रु ५००। र

यातायात तथा खाना खर्चबापत रु ५०० का दरले प्रति विद्यार्थी रकम सङ्कलन गर्ने निदो गर्यो । हाम्रो

विद्यालयबाट स्काउटमा आबद्ध ५६ जना विद्यार्थीहरूमध्ये २५ जना स्काउट विद्यार्थीहरू र दुई जना

स्काउट शिक्षकहरू (चेतना भट्टराई र अन्जय स्याडदान) साथै विद्यालयका दुईजना बस चालकहरू समेत

२९ जना यात्रामा रहेका थियौं। भ्रमणको अघिल्लो दिन उक्त स्थानमा गएर के के गर्ने भने विषयमा

सामयिक रुपमा छलफल गर्यो । हामी छलफलको निष्कर्ष अनुसार भ्रमणका क्रममा के के गर्ने भनी मनन

गर्दै आआफ्नो घरतर्फ लाग्यौं र भ्रमणको अन्तिम तयारीमा जुट्यों ।

२) भ्रमणका उद्देश्यहरू

हामी हरेक कार्य गर्दा उद्देश्य राखेर गर्ने गर्दछौं। त्यसैगरी यस भ्रमणका उद्देश्यहरू निम्नानुसार रहेका

छन्।

क) मनोरञ्जन गर्नु

ख) शासिक पदमार्गमा आनन्द लिनु

ग) कोशी प्रदेशभरिका स्काउटरहरूबीच अन्तरक्रिया गर्नु

घ) प्राकृतिक सुन्दरताको बारेमा जानकारी लिनु

३) अध्ययन विधि

रवा अध्ययन अवलोकन भ्रमणलाई सफलतापूर्वक सम्पन्न गरी उद्देश्यमूलक बनाउन निम्नलिखित निधी

प्रयोग गरिएको थियो।

को सहभागिता विधि

फोटो तथा भिडियोग्राफी विधि

ग) प्रश्नोत्तर विधि

४) अध्ययन अवलोकन भ्रमणका उपलब्धिहरू

अ. ज.म

झापा जिल्लाको दमक नगरपालिका र इलाम जिल्लाको चुलाचुली गाउँपालिकाको बीचमा रहेको सुन्दर पर्यटकीय

स्थल चपेटीमा एक दिने साहसी पदमार्गका लागि सहभागी हुन, मनोरञ्जन गर्न, प्राकृतिक सौन्दर्यताको अवलोकन

गर्न, साहसिक पदमार्गका क्रियाकलापहरूमा सहभागी

हुन भ्रमणको आयोजना भए अनुसार मिति २०८०

साल १५ गते विद्यालयदेखि चपेटीसम्मको यात्राका

लागि बिहान ७ बजे सबैजना विद्यालयको प्राङ्गणमा

भेला भयौँ। ७ : ४५ बजे २५ जना स्काउट विद्यार्थी,

दुवैजना शिक्षक र चालक तथा सहचालक समेत

हामी प्रार्थना गर्दै आफ्नो गन्तव्य तर्फ लाग्यौ।

हामीलाई बाटोमा त्यहाँ पुगेपछि के गर्ने ? के नगर्ने ? भने विभिन्न कुराका बारेमा शिक्षकहरुले जानकारी दिनुभयो ।

हामी बसमा नाच्दै, गाउँदै, रमाइलो गर्दै गन्तव्य तर्फ अगाडि बढ्यौं ।

दमकमा पुगेर खाना, खाजा खायौ । खाना र खाजा व्यवस्थापनमा शिक्षकहरूले राम्रो भूमिका निर्वाह गर्नुभएको

थियो। सबै विद्यार्थीहरूलाई खाना खाजा जे इच्छा लाग्छ खाउ भने आग्रह गर्नुभयो । हामी सबैले खाना

खाइसकेपछि उहाँहरुले पनि खाना खानुभयो। केही समय यताउता हेरेर बसमा चढी सबैजना पुन आफ्नो गन्तव्यतर्फ

अघि बढ्यौं। सबैसँग मोबाइल फोन भएका कारण हामी सबैको ध्यान मोबाइलतर्फ केन्द्रित थियो । गाडी आफ्नो

गन्तव्यतर्फ बढिरह्यो ३० मिनेटपछि हामी आफ्नो गन्तव्यमा पुग्यौ। मलाई त लाग्यो यो कहाँ र कस्तो ठाउँ हो ?

भनेर तर नजिक नजिक जाँदा मलाई थाहा भयो त्यहाँ साहसिक पदमार्गका लागि विभिन्न वेशहरु बनाएर खेल तथा

मनोरञ्जनका लागि व्यवस्था गरिएको थियो । उक्त स्थानमा पुगेपछि खेल र मनोरञ्जनबाट प्राप्त उपलब्धिहरू निम्न

छन्।

चपेटी

इलाम जिल्ला चुलाचुली गाउँपालिकाको चपेटीमा हामी भ्रमणका लागि गएका थियौ । त्यस ठाउँमा साहसिक

पदमार्गका क्रियाकलाप गर्नका लागि साह्रै उपयुक्त रहेछ । बसबाट हामी सम्पूर्ण जगन्नाथ डेडराज जनता मावि र

आइरिस एकेडेमीका विद्यार्थीहरू बाहिर ओर्लियौँ । हामी ओर्लिएपछि युसेफमा बसि केही क्रियाकलाप गर्यो ।

विभिन्न क्रियाकलाप गरिसकेपछि हामी मुख्य कार्य गर्न अगाडि बढ्यौं । हाम्रो ट्रुपको नाम र सहभागी सङ्ख्या


आयोजकले टिपोट गरेपछि हामी साहसिक पदमार्गको एरियातर्फ प्रवेश गर्यो। लामो लाइन भएका कारण हामीले

केही समय प्रतिक्षा गयौं । प्रतिक्षाको केही समयपछि हाम्रो पनि पालो आयो हामी लामबद्ध तरिकाले अगाडि

बढ्यौं । हामी साहसिक पदमार्गका क्रियाकलाप हुने क्षेत्रमा गएपछि त्यहाँका बेस इन्चार्जहरुले हामीलाई केही

प्रश्नहरु सोध्नुभयो । कुन ट्रक ? र दीक्षान्त कहिले भएको ? ब्याज कहिले प्राप्त गरेको ? भन्ने सोधखोज गर्नुभयो ।

हामीले त्यसै समयमा नै सोधिएका प्रश्नहरूको उत्तर दियौँ र हामीलाई Friend Ship Note कसरी

बनाउने हो भने सिकाउनुभयो । केही समयको प्रयासपछि हामीले Friend Ship Note बनाउन पनि

सिक्यौँ। हामीले सबैभन्दा सुरुमा एकअर्काको अनुहारमा Face Paint गर्यो। फेस पेन्ट गर्न हाम्रो ट्रुपबाट म

सबिना बानिया, साथीहरू सुगम खड्का र प्रमिशा बिष्ट,

स्काउट शिक्षक अन्जय स्याङदान संयुक्त रूपमा खट्यौँ । केही समयमा Face Paint

गरिसकेपछि हामी अर्को खेलतर्फ लाग्यौँ। मोबाइल हातमा

शिक्षकहरु आफ्नै

साथमा हुँदा त

खुसी कति लाग्ने

रहेछ ? हामी अर्को

खेलतर्फ लाग्यौ

बालुवामा लडीबडी

गर्दै हामीले

Land Mine खेल खेलेका थियौँ। हरेक खेलमा

सहभागी हुँदै रमाइलो गर्दै

हामी अर्को खेल Sack Race यान कि बोरामा खुट्टा हालेर उफ्रिदै खेलौँ। शिक्षकहरूले भिडियो

फोटो खिच्नुभयो। हामीले त्यसपछि Bamboo Balance खेल्दै अर्को खेल खेल्न

अगाडि बढ्यौं मैले

त्यस समयमा मेरा मिल्ने

साथीहरुलाई धेरै सम्झिए

पनि के गर्नु सम्झना मात्र

थियो त्यसपछि हामी

Ladder


Crossing खेल खेल्न अघि बढ्यौं Ladder Crossing खेल्दा त मलाई 'कहाँ कहाँ

पुगे जस्तो भयो । त्यसपछि हामी लस्करै चारवटा खेल खेलेपछि एकदमै रमाइलो खेलमा पुग्यौ तर

त्यहाँ हामीले दुई घण्टासम्म पालो पर्खनुपर्यो। लामो पर्खाइपछि हाम्रो पालो आयो ।

पालो आउनु भन्दा अगाडि हामीले चेतना

भट्टराई सरले घरबाट बनाएर ल्याउनुभएको मिठो

खाने कुरा ढकने खायौं । भोक लागेर हो कि ?

खाजा नै मिठो थियो मैले त पत्तै पाउन सकिन।

सरले ल्याउनुभएको खाजा खाएपछि केही समय

नबित्दै सरहरुले फेरि खाजा र पानी ल्याउनुभयो

हाम्रो विद्यालयका शिक्षकहरुले गर्नुभएको सेवा

देखेर अरु विद्यालयका विद्यार्थीहरु निकै

SM

MONIKA

10

जलिरहेका थिए। हामीले Omega Jump खेलेर अरु खेलतर्फ लाग्यौँ। हामीले अन्य खेल खेल्दा पनि

Omega Jump र Water Run खेल चाहिँ एकदम रमाइलो लाग्यो। समय नपुगेका कारण

हामीले दुईवटा खेल खेल्न पाएनौ।

यदि हामीले ती बाँकी रहेका दुईवटा

खेल समेत खेलेको भए समयमा घर

फर्किन सक्दैनथ्यौं। बहसमा जानुभन्दा

अगाडि हामीले सामूहिक नृत्य पनि

गर्यौ। त्यसपछि हामी सबैजना बसमा

CHARLES


चढ्यौ र सरहरुले हामीलाई फेरि खाजा खान दिनुभयो र हामीले आफुभित्र रहेको कला र प्रतिभा

देखाउँदै घरतर्फ लाग्यौँ। आइरिस स्कुलका विद्यार्थीहरूले एकदम मिठो गीत सुनाउनुभयो अब हामी

ज.डे.ज. मा.वि.का. विद्यार्थी चाहिँ के कम भनेर मैले र मेरा साथीहरुले पनि कविता वाचन गर्दै, गीत

गाउँदै यात्रालाई थप रमाइलो बनाउने प्रयास गर्यौ। यसरी रमाइलो गर्दै नाच्दै हामी विद्यालयसम्म

कतिखेर आयौ थाहै पाइएन। दमकमा सरहरूले हामीले जम्मा गरेको पैसा खर्च गरेर बचेको रकमबाट

सुन्तला किनेर खुवाउनुभयो र आम्दानी र खर्चको हिसाव सुनाउनुभयो । विद्यालयमा आइसकेपछि

हामी सबैजना आआफ्ना अभिभावक सँग घरतर्फ लाग्यौँ।

सबल पक्षहरू

क) विद्यार्थीहरूले अनुशासित र मर्यादित व्यवहार प्रदर्शन गरेको पाइयो ।

ख) विद्यार्थीहरू सबै सक्रिय रहेको पाइयो।

ग) भ्रमणको क्रममा कोही पनि बिरामी नपरेको ।

घ) मनोरञ्जनात्मक खेलहरू धेरै खेलियो र सामूहिक मनोरञ्जन समेत गरियो।

ङ) भ्रमण गर्दा शिक्षक र विद्यार्थीहरू बीचको सम्बन्ध थप सुमधुर रह्यो ।

च) सबै विद्यार्थीहरू साहसिक पदमार्गमा सक्रियतापूर्वक सहभागी भएको ।

दुर्बल पक्षहरू

क) भ्रमणको बारेमा पूर्णरूपमा पूर्व तयारी गर्न नसक्नु ।

ख) समय अभावका कारण सबै खेलमा सहभागिता जनाउन नसक्नु ।

ग) सबै विद्यार्थीहरू एकै समूहमा पदयात्रामा सहभागी हुन नसक्नु, छुट्टाछुट्टै सहभागी हुनु।

घ) स्काउटका सबै विद्यार्थीहरूलाई सहभागी गराउन नसक्नु ।

ङ) भ्रमणमा हासिल गरेका ज्ञानहरूको छलफल र विश्लेषण नहुनु । आदि ।

भ्रमणको निष्कर्ष

मनोरञ्जन तथा साहसिक पदमार्गका क्रियाकलापहरूको बारेमा भ्रमण योजना केही हप्ता अगाडि नै

नेपाल स्काउट, कोशी प्रदेश युवा परिषद्ले तय गरेको थियो । विद्यालयको पठनपाठन र स्काउटका

कार्यक्रमले गर्दा हामी सहभागी हुन सकेनौँ। तापनि हामीलाई सूचना प्राप्त भएपछि इलाम जिल्लाको

चपेटीमा साहसिक पदयात्राका लागि सहभागी हुने योजना विद्यालयमा तय भयो । भ्रमणका क्रममा केही

कमी कमजोरी रहेता पनि सोचेभन्दा एकदम राम्रो यात्रा भएको थियो। हामी सबैले थाहा पायौ कि

पढाइ मात्र ज्ञान होइन मनोरञ्जन, साहसिक क्रियाकलाप र अन्य कार्यहरूबाट पनि ज्ञान प्राप्त गर्न

सकिँदो रहेछ भन्ने कुरा थाहा पायौँ। यो हाम्रो भ्रमणको सही निष्कर्ष रहन गयो ।


सुझावहरू

यस मनोरञ्जन तथा साहसी पदयात्राका गतिविधिहरू र प्राप्त उपलब्धिहरूका आधारमा

निम्नअनुसारका सुझावहरू रहेका छन्।

क) भ्रमण क्षेत्रको नक्सा, त्यस ठाउँको महत्त्व सबै शिक्षक तथा विद्यार्थीहरूलाई पूर्णरूपमा जानकारी

हनुपर्ने ।

ख) विद्यार्थी व्यवस्थापनमा शिक्षकहरूले ठूलो भूमिका खेल्नुपर्ने ।

ग) भ्रमणको उद्देश्य र विद्यार्थीको सहभागिताका विषयमा व्यापक छलफल गर्नुपर्ने ।

अन्त्यमा यस भ्रमणलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नुहुने नेपाल स्काउट बराह क्षेत्र

नगरपालिकाका प्रमुख स्थानीय आयुक्त एवं यस विद्यालयका स्काउट शिक्षक चेतनाथ भट्टराई, स्काउट

शिक्षक अन्जय स्याङदान सरलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । मलाई यो प्रतिवेदन तयार गर्न

हौसला प्रदान गर्नुहुने आदरणीय गुरु चेतनाथ भट्टराई सरलाई पनि हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु ।

हाम्रो भ्रमणलाई अनुमति प्रदान गरी यात्राका लागि विद्यालयको बस उपलब्ध गराएर सहयोग गर्नुहुने यस

विद्यालयका दूरदर्शी एवं कुशल प्रशासक आदरणीय प्रधानाध्यापक हिरामणि पौडेल सरलाई विशेष

धन्यवाद ज्ञापन गर्न चाहन्छु।


प्रस्तोता

सविना वानिया

कक्षा ८,

सेक्सन वि

ट्रुप लिडर

ज.डे.ज. स्कउट ट्रुप

जगन्नाथ डेडराज जनता मा.वि.

बराहक्षेत्र ५, कालावञ्जार, सुनसरी

Post a Comment

Previous Post Next Post