विद्यार्थी भर्ना सम्बन्धी नैतिक प्रश्न

 हामी सामुदायिक विद्यालयमा सेवारत प्रधानाध्यापक, शिक्षक, कर्मचारी वा सरोकारवाला हौँ। हाम्रा नानीबाबुहरू कुनै निजी विद्यालयमा अध्ययनरत छन्। हामी कुनै लाजै नमानी मेरा बाबुले फलानो इङ्लिस स्कुलबाट यति जिपिए प्राप्त गरी प्रथम स्थान हासिल गरेको छ। मेरा नानीले चिलानो बोर्डिङ स्कुलबाट उति जीपीए प्राप्त गरी दोस्रो स्थान हासिल गरेकोमा बधाई भन्दै सामाजिक सञ्जालमा पोस्ट्याउने गरेका छौं। सामुदायिक विद्यालयका शिक्षकहरूमा राज्यले भारी मात्रामा लगानी गरेको छ। निसन्देह सामुदायिक विद्यालयका शिक्षकहरू वेल क्वालिफाइड छन् । तालिम प्राप्त छन्। तर हामी सामुदायिक विद्यालयमा सेवारत शिक्षकहरूले हामी आफूलाई नै विश्वास गर्न सकेका छैनौँ। आखिर हाम्रा नानीबाबुहरू सामुदायिक विद्यालयमा भर्ना नगरी फलानो वा चिलानो निजी विद्यालयमा किन पठाइरहेका छौं??? हामी आफू सामुदायिक विद्यालयमा सेवारत रही आफ्ना नानीबाबुहरूलाई निजी  विद्यालयमा पठाइरहँदा हाम्रा अभिभावकहरूलाई कुन मुखले तपाईँका नानीहरूलाई गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता गर्नेछौं भने यही वैशाख ५ गते ब्यानर सहित कसरी घर दैलो कार्यक्रम गर्ने भन्ने नैतिक प्रश्न खडा भएको छ। हामी सामुदायिक विद्यालयका शिक्षकहरूले कुन  मुखले सन्तोषजनक जवाफ दिने भन्ने नैतिक प्रश्न उब्जिएको छ।

सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र –२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर सुरु भएको छ ।

यही वैशाख ५ गते हामी भर्ना अभियानमा जादैछौं । हामी सामुदायिक विद्यालयका शिक्षकले आफ्नो पढाइमा विश्वास नभएर नानीहरू अन्यत्र पढाउँदै छौँ अनि तपाईंहरूलाई विश्वास गरेर कस्ले नानी दिने त ? हाम्रा अभिभावकहरूल सबैले हामी प्रति अविश्वास गरेर आफ्ना नानीबाबुहरू सामुदायिक विद्यालयवाट निकालेर अन्यत्र लगेमा हामी सामुदायिक विद्यालयका शिक्षकहरूले कसलाई पढाउने?? अनि तपाईंहरूका नानीहरू किन आफुले पढाउने विद्यालयमा पढ्दैन ? भन्ने अभिभावकहरूले सवाल तेर्स्याएमा हामी सामुदायिक विद्यालयका शिक्षकहरुले के जवाफ दिने??  यस्तोमा एउटा प्रअ, शिक्षक तथा स्थानीय सरोकारवालाको नाताले के जवाफ दिने होला ?  अनि यो व्यानर सहितको भर्ना अभियान गर्नको केही अर्थ रहला त ?

 अभियानको पहिलो दिन आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभियान सफल बनाउन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भर्चुअल माध्यमबाट अन्तरक्रिया गरी केन्द्रले सबै स्थानीय तहका शिक्षा प्रमुख, इकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घलाई आग्रह गरेको हो ।

मन्त्री श्रेष्ठले शिक्षा पाउने नागरिकको संवैधानिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएकाले सबैले सहयोग गर्न आग्रह गरिन्  । अभियानकै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् । केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि तीनै तहका सम्बन्धित निकायमा पठाएको छ ।

केन्द्रका महानिर्देशक दीपक शर्माले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरी विद्यार्थी भर्नाको शुभारम्भ गरिने जानकारी दिए ।

यसैगरी यही वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, सूचना र आह्वान, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहणका लागि आह्वान गर्ने कार्यक्रम छ ।

अभियानअन्तर्गत यही वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गराइनेछ ।

वैशाख १० गतेसम्म भर्ना भएका विद्यार्थीलाई सोही दिन पोसाक र छात्रवृत्ति वितरण गरिनेछ ।

वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय इकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालयमा पठाइने छ ।

अधिकांश निजी लगानीका विद्यालयले वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन् । केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार हाल पूर्व प्राथमिक तहको कूल भर्नादर ९४ दशमलव ९ प्रतिशत पुगेको छ ।

Post a Comment

Previous Post Next Post