बराहा क्षेत्र नगरपालिकाद्वारा शिक्षकहरूको तालिम उद्घाटन

 

IT स्रोत शिक्षकहरूका लागि सूचना प्रविधिसम्बन्धी आज मिति २०८१ जेष्ठ ६ गते देखि जेष्ठ १० गतेसम्म पाँच दिने क्षमता विकास तालिम सञ्चालन भएको छ। 

पाँच महिनाअघि गठन गरिएको प्रविधिमैत्री शिक्षक समाज नेपाल बराहक्षेत्र कार्यसमितिको प्राविधिक सहयोगमा शिक्षा युवा तथा खेलकुद शाखा बराहक्षेत्र नगरपालिकाले सो तालिम आयोजना गरिएको हो। 

श्री आदर्श माध्यमिक विद्यालय र साविक महेन्द्रनगर स्रोत केन्द्र भवन मा आजैबाट समानान्तर रुपमा तालिमहरू सञ्चालन गरिएको हो। 

बराह क्षेत्र नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ मा अवस्थित विद्यालयका शिक्षकहरू लाई श्री आदर्श माध्यमिक विद्यालय चतरा मा सहभागी गराइएको थियो भने बराहा क्षेत्र नगरपालिका वडा नम्बर ६, ७, ८, ९ ,१० र ११ मा अवस्थित विद्यालयका शिक्षकहरूलाई साविक महेन्द्रनगर स्रोत केन्द्र भवन भवनमा सहभागी गराई तालिम सञ्चालन गरिएको थियो।

प्रविधिमैत्री शिक्षक समाज नेपालका सक्रिय सदस्यहरू श्री लक्ष्मीप्रसाद लिम्बु, श्री तुलसी श्रेष्ठ , श्री दीपक काफ्ले, श्री राजकुमार खड्का, श्री उत्तम सुवेदी र श्री लालु चौधरीले तालिममा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो।

बराहक्षेत्र नगरपालिकाले आयोजना गरेको सो कार्यक्रमलाई

श्री आदर्श मावि चतरा र साविक महेन्द्रनगर स्रोत केन्द्र भवन लाई क्रमश शिक्षा अधिकृत श्री उत्तम भारती र प्रशासकीय अधिकृत श्री देवेन्द्रबहादुर मल्लले उद्घाटन गर्नुभएको थियो।



Post a Comment

Previous Post Next Post