श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्रमा अभिमुखीकरण कार्यक्रम सञ्चालन।

  आज मिति २०८१ असार ६ गतेका दिन बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबजार स्थित श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय, कालाबन्जार, सुनसरीमा सामाजिक संस्था नयाँ पिढीद्वारा आयोजित साथै बराहक्षेत्र नगरपालिकाको सहयोग र महेन्द्रनगर इलाका प्रहरी कार्यालयको सहजीकरणमा लागू औसत  दुर्व्यसन, साइबर क्राइम तथा बालबालिका मनोविमर्श अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो।















सीता बस्नेत को संयोजकत्वमा सञ्चालन भएको सो कार्यक्रमका प्रमुख अतिथि रोशन खड्का र विशिष्ट अतिथि वडा नम्बर ५ का वडाध्यक्ष रोहित काफ्ले हुनुहुन्थ्यो। प्रधानाध्यापक श्री हिरामणि पौडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पुष्कल पराजुली पनि विशिष्ट अतिथिको रुपमा सहभागी हुनुभएको थियो। 
      सो कार्यक्रममा चक्रघट्टी जेसिसका वर्ष २०२४ का अध्यक्ष श्री सुरेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो। यसैगरी अतिथिकै रुपमा श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बरा क्षेत्रका वरिष्ठ सहायक प्रधानाध्यापक श्री योगराज पौडेल , शिक्षक श्री अन्जय स्याङदान पनि उपस्थित हुनुभएको थियो। अतिथिकै रूपमा भरौल प्रहरी चौकी का इन्चार्ज प्र.स.नि. श्री राजकुमार कार्की को उपस्थिति रहेको थियो। कार्यक्रममा महेन्द्रनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक श्री विकास राई र प्रहरी हवलदार श्री घनश्याम राईको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा प्रशिक्षार्थीको रुपमा श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयका स्काउट, ग्रीन क्लब, फ्यान क्लब र अन्य विद्यार्थीहरू सहभागी भएका थिए।
कार्यक्रममा इलाका प्रहरी महेन्द्रनगरका प्रहरी निरीक्षक श्री विकास राईले विद्यार्थीहरूलाई लागू पदार्थ दुर्व्यसन, साइबर क्राइम र बालबालिका मनोविमर्श का बारे अभिमुखी प्रदान गर्नुभएको थियो।





Post a Comment

Previous Post Next Post