विद्यालयमा त्रिपक्षीय बैठक सम्पन्न।

  आज मिति २०८१ आषाढ ७ गते शुक्रबार श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र -५ कालाबजारमा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र शिक्षक हरूको त्रिपक्षीय बैठक सम्पन्न गरिएको छ। केही साताअघि भगिनी विद्यालय श्री मनकामना अम्बिका रत्न माध्यमिक विद्यालय, खाँदबारी ९, तुम्लिङटार र श्री महेन्द्र माध्यमिक विद्यालय खाँदबारी ३ मानेभन्ज्याङ को असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यले सम्पन्न गरिएको शैक्षिक अवलोकन भ्रमण का क्रममा देखे सुने बुझेका आफ्ना अनुभवहरू आदानप्रदान गरिएको थियो।


 आफ्नो अनुभवहरू आदानप्रदान गर्ने क्रममा शिक्षक श्री राजकुमार खड्का, शिक्षक श्री चेतना भट्टराई, शिक्षक श्री चेतराज कँडेल, शिक्षक श्री अधिकलाल चौधरी, शिक्षक श्री सन्तोष कुमार काफ्ले, शिक्षक श्री सुशीला कटुवाल, शिक्षक श्री प्रीति भण्डारी, विद्यालय नर्स श्री बन्दना गजमेर लगायत अन्य शिक्षकहरुले आफूले देखेका र अनुभव गरेका दुवै विद्यालयका असल अभ्यासहरु औल्याउनु भएको थियो र ती असल अभ्यास हरू आफ्नो विद्यालय श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयमा पनि लागू गर्न सकिने बताउनुभएको थियो। 






यसका लागि विद्यालय व्यवस्थापन समिति विद्यालय प्रशासन र समुदाय सकारात्मक हुनुपर्नेमा जोड दिनुभएको थियो। छलफल र अन्तरक्रियाकै क्रममा शिक्षक श्री पवित्रा राई , शिक्षक श्री प्रीति भण्डारी, शिक्षक श्री राजन भट्टराई, शिक्षक श्री अप्सरा भट्टराई, शिक्षक श्री सावित्रा विसंखेले विद्यालयमा विद्यमान समस्या तथा चुनौतीहरू लाई औल्याउँदै विकासका सम्भावित सम्भावनाहरूलाई पनि सुझाउनु भएको थियो।





 छलफल तथा अन्तरक्रियाको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका सदस्य श्री जगतबहादुर कार्कीले पनि श्री मनकामना अम्बिका रत्न माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालय देखे सुनेका र अनुभव गरेका राम्रा र सकारात्मक अभ्यासहरूलाई शिक्षकहरूसामु प्रस्तुत गर्नुभएको थियो। यसै क्रममा शिक्षक श्री लालु चौधरीले पनि विद्यालयमा गणित प्रयोगशालाको अत्यन्तै आवश्यक महसुस गर्दै विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनसँग यसको स्थापनामा जोड दिनुपर्ने सुझाउनु भएको थियो। 

बैठकको अन्त्यमा तुरुन्तै गर्न सकिने राम्रा अभ्यासहरूलाई विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले तत्कालै लागू गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। 

यस त्रिपक्षीय बैठकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पुष्कल पराजुली सदस्य श्री चन्द्रबहादुर बस्नेत सदस्य श्री जगतबहादुर कार्की र सदस्य श्री कमला कार्की को उपस्थिति रहेको थियो।











Post a Comment

Previous Post Next Post