श्री जगन्नाथ डेडराज जनता मा.वि.मा एक हप्ते ऊर्जा ध्यान योग शिविर सञ्चालन।

   


आज मिति २०८१ आषाढ ९ गते १० औं विश्व योग दिवसको अवसरमा यस श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र -५, कालाबन्जार सुनसरीमा शिक्षक तथा कर्मचारीहरु का लागि सात दिने ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको छ।

आफू र समाजका लागि योग भन्ने मूल नाराका साथ सञ्चालन गरिएको  सो ऊर्जा ध्यान योग शिविर २०८१ आषाढ ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र -५, कालाबञ्जार, सुनसरीका शिक्षक तथा कर्मचारी का लागि सञ्चालन गरिएको सो ऊर्जा ध्यान योग शिविरमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घ का सदस्यहरू पनि समावेश रहेका छन्।

जीवन विज्ञान नगर समिति बराहक्षेत्र, सुनसरीको प्राविधिक सहयोग मा सञ्चालन गरिएको यो योग शिविरलाई श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयले आयोजना गरेको हो।

यस ऊर्जा ध्यान योग शिविर को उद्घाटनको अवसरमा  जीवन विज्ञानसँग सम्बद्ध विभिन्न यो प्रशिक्षक तथा कल्याण मित्र हरूको उपस्थिति रहेको थियो।


























Post a Comment

Previous Post Next Post