मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयको अगुवाइमा तुम्लिङटारका १० टोलमा पुस्तकालय स्थापना।

मनराम फाउन्डेसन र मनकामना रत्न अम्बिकाक माध्यमिक विद्यालय तुम्लिङटारको सहकार्यमा खाँदबारी ९ तुम्लिङटारका १० वटा टोलमा टोलस्तरीय पुस्ताकालय स्थापना गरिएको छ। हालै एक कार्यक्रमको आयोजना गरी टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूलाई पुस्तकका लय सामग्रीहरू हस्तान्तरण गरिएको हो। १० वटा टोलमा ८० देखि ९० वटा सम्म पुस्तकहरु र र्याक सहितका पुस्तकालय सामग्री हस्तान्तरण गरिएको मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री कुबेर भेटवालले जानकारी दिनुभयो ।

पुस्तकालय बाटटोल तथा गाउँ समाजमा पढ्ने संस्कृतिको विकास हुने र सभ्य र सु संस्कृत समाज स्थापना हुने विश्वास का साथ पुस्तकालय स्थापना गरिएको प्रधानाध्यापक भेटवालले बताउनुभयो। यसबाट बालबालिका तथा युवायुवतीहरूको सिकाई विस्तार भई उज्जवल भविष्यको सुनिश्चित हुने समेत विश्वास गरिएको भेटवालको भनाइ छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री देवेन्द्र घिमिरेको अध्यक्षतामा सञ्चालन भएको थियो भने मनराम पुस्तकालयका महासचिव रामप्रसाद घिमिरेको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्नु हुँदै संस्थाले राखेका उद्देश्यहरू र प्रस्तावमा उल्लेखित क्रियाकलाप हरू पूरा हुने आशा रहेको महासचिव घिमिरेले बताउनुभयो। टोलटोलमा पुस्तकालय पाएपछि टोलबासी हरू खुसी भएको प्रतिक्रिया दिएका छन्।

Post a Comment

Previous Post Next Post