No title

एस एल सीको रिजल्ट आयो रे भन्ने सुन्नासाथ कालाबन्जारबाट साइकल चढेर करिब १४ किमी टाढा धरान पुगें । त्यति बेला गोरखापत्र दैनिक भन्दा अरु माध्यम थिएन रिजल्ट हेर्न । 

चतरालाइनमा धरान नगरपालिका नजिकै १०० जना जति मान्छे ठेलामठेल गर्दै हल्ला गरिरहेका थियो । आफु दुव्लो पातलो मान्छे भिड छेउमा धकेलेर पल्लो छेउ पुर्याउँथे । अरुको टाँगामुनि छिरेर पत्रिका हेरिरहेको ठाउँमा पुगें । सिम्बोल नम्बर दिएर हेर्न लगाएँ छैन भन्छ । ३ पटक हेर्न लगाएँ छैन मात्र भन्छ । लु फेल भइएछ भनेर फर्किदै थिएँ । फर्किदा महेन्द्र बहुमुखी क्याम्पस छेउमा पनि हेर्न पाइन्छ रे भन्ने सुनेर ८० को स्पिडमा त्यता लागियो । त्यतिबेला पिच बाटोमा साइकल निकै स्पिड कुदाइन्थ्यो । महेन्द्र क्याम्पस छेउमा भिड अलि कम रहेछ । करिव २५/३० जना थिए होला । त्यहाँ हेर्न लगाएँ । थर्ड र सेकेण्ड डिभिजनमा हेर्दा नम्बर भेटिएन । फस्ट डिभिजन त भइएन जस्तो लागेर हेरिएन । आ ! हेर्दिन फेल भइएछ भनेर निरास भएर फर्किएँ । सैनिक चौक आएपछि एक पटक फस्ट डिभिजनमा हेर्छु भनेर फेरि फर्किएर गएर हेरें । फर्स्ट डिभिजनमा नम्बर भेटियो विस्वास नै लागेन । पत्रिका हेर्ने साथीहरुले भनेसि पत्याएर खुशी साथ घर फिरें । खुशीले होला घर पनि छिटै आइपुगिएछ । १०० रुपैयाँ तिरेर गोरखापत्र दैनिकमा रिजल्ट हेरेको अझै याद छ ।
N.G हैन ,त्यो भित्र:
प्रेम कहानी लुकेको छ।
पब्जी लुकेको छ।
  फ्रि-फायर लुकेको छ।
कक्षा नलिने कहानी लुकेको छ।
सरलाइ नपत्याउने हेप्ने होच्याउने सरको कुरा नपत्याउने बानी लुकेको छ।
रमाइलो गर्दै रोइलो गर्दै हिड्ने बानी लुकेको छ।
किताब नपल्टाउने कहानी लुकेको छ।

Post a Comment

Previous Post Next Post